7 years ago
January 19, 2018
ब्रिस्बेन (एजेन्सी) – अष्ट्रेलिया विरुद्ध दोस्रो एक दिवसीय क्रिकेटमा ४ विकेटको जित निकाल्दै इङ्ल्यान्डले ५ खेलको शृंखलामा २-० को अग्रता लिएको छ । २ सय ७१ रनको लक्ष्य इङ्ल्यान्डले ४४.२ ओभरमा मा ६ विकेट गुमाउँदै पुरा गरेको हो । लगातार दुई खेलमा आरोन फिन्चले शतक प्रहार गरेपनि दुवै खेलमा अष्ट्रेलियाले जित्न भने सकेन ।
२ सय ७१ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डका ओपनर जेसन रोइ सस्तैमा (२ रन) आउट भएपछि जोनी बैर्स्टोव र एलेक्स हेल्सको १ सय १७ रनको साझेदारीले जितको आधार बनायो । बैर्स्टोव ६० र हेल्स ५७ रन बनाउँदै आउट भएपछि जो रुटले इङ्ल्यान्डको ब्याटिंग सम्हाले । उनले ४६ रन बनाए । उनलाई साथ दिँदै क्रिस वोक्सले २७ बलमा ३९ रन जोड्दै इङ्ल्यान्डको जित सहज बनाए । ४५ औं ओभरको दोस्रो बलमा जित्न १ रन बाँकी हुँदा वोक्सले चौका प्रहार गरेका थिए ।
अष्ट्रेलियाकालागि मिसेल स्टार्चले सर्वाधिक ४ विकेट लिए । आफ्नो व्यक्तिगत अन्तिम ओभरमा आक्रामक बलिङ्ग गर्दै २ विकेट लिएका स्टार्चले अष्ट्रेलियालाई खेलमा फर्काएपनि रुट र वोक्सले इङ्ल्यान्ड जित दिलाए ।
त्यसअघि टस जितेर ब्याटिंग रोजेको अष्ट्रेलियाले फिन्चको शतकीय इनिङ्सको मद्दतले ९ विकेट गुमाउँदै निर्धारित ५० ओभरमा २ सय ७० रन जोडेको थियो । उनले १ सय १४ बलको सामना गर्दै ९ चौका र १ छक्काको मद्दतले १ सय ६ रन बनाएका थिए । त्यस्तै अर्का ओपनर डेभिड वार्नरले ३५ रन जोडे भने मिसेल मार्सले ३६ रन बनाए । इङ्ल्यान्डका अडिल रासिद र जो रुटले २ विकेट लिए भने क्रिस वोक्स , मोइन अली र लिआम प्लम्केटले १ विकेट लिए ।
जनवरी १९ , साँझ ७:५५ मा सच्याइएको
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]