7 years ago
January 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) — नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का मदन भण्डारी क्रिकेट सम्मानबाट शुक्रबार सम्मानित भएका छन् । मदान भण्डारी स्पोर्टस एकेडेमीको क्रिकेट विभागले कीतिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आयोजना गरेको प्रथम क्रिकेट महोत्सवका क्रममा पारसलाई सम्मान गरिएको हो ।
राष्ट्रपति विद्यादेवि भण्डारीले पारसलाई सम्मान पत्र प्रदान गरिन् । पारसले २५ हजार रुपैयाँ पनि प्राप्त गरे । उमेर समूह हुँदै राष्ट्रिय टोलीमा प्रवेश गरेको पारसले सन् २००९ देखि टोलीको नेतृत्व गर्दै आएका छन् ।
उनको कप्तानीमा विराटनगर वारियर्सले केहि साता अघि सम्पन्न इपिएल क्रिकेट उपाधि जितेको थियो । नेपाली क्रिकेटमा योगदान दिन विशेष व्यक्तित्वलाई दिइने यो सम्मान हरेक वर्ष प्रदान गरिने एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]