7 years ago
January 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पहिलोपटक नेपालमा आयोजना हुन गइरहेको क्रिकेट कार्निभलको सम्पूर्ण तयारी पुरा भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुधबार पत्रकार सम्मेलन गरी कार्निभलको सम्पूर्ण तयारी पुरा भएको बताएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा माघ ५ र ६ गते हुने क्रिकेट कार्निभलमा राष्ट्रिय खेलाडी, राजनीतिज्ञ, कलाकार, पत्रकार र व्यवसायीबीच प्रदर्शनी खेल समेत हुनेछ । यस्तै कार्निभलमा क्रिकेट सम्मान, ट्यालेन्ट हन्ट, क्रिकेट सामग्री विक्री, क्रिकेट सम्बन्धी फोटो प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, सेमिनार, सांगीतिक कन्सर्टलगायतका कार्यक्रमहरु सञ्चालन हुने छन् ।
देशभरीबाट अहिलेसम्म ३ सय जनाभन्दा बढिले ट्यालेन्ट हण्टको लागि नामवली दर्ता गराएका छन् । ट्यालेन्ट हण्टमा करिब ५ सय जना खेलाडीको सहभागिता हुने एकेडेमीले जनाएको छ । ट्यालेन्ट हण्टबाट उत्कृष्ट १० जना खेलाडीलाई छनोट गरी एक वर्षका लागि निशुल्क प्रशिक्षण तथा विभिन्न प्रतियोगितामा सामेल गराउने उद्देश्य रहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घघाटन गर्ने कार्निभलमा ५० हजारले अवलोकन गर्ने अपेक्षा आयोजकले लिएको छ । यस्तै मदन भण्डारी स्पोर्टस् एकेडेमीले क्रिकेटमा महत्वपूर्ण योगदान पुर्याउने एकजना व्यक्तित्वलाई यसबर्ष देखि ‘मदन भण्डारी क्रिकेट अवार्ड’ ले सम्मान गर्दैछ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]