default_image

7 years ago

January 16, 2018

दक्षिण अफ्रिकाविरुद्ध भारत दबाबमा

88 views

0 Bookmark

सेन्चुरियन (एजेन्सी) – भारतले घरेलु टोली दक्षिण अफ्रिकाविरुद्ध दोस्रो टेस्टमा २ सय ८७ रनको लक्ष्य पछ्याउने क्रममा ३ विकेट गुमाइसकेको छ । अन्तिम एक दिनको खेल बाँकी रहँदा जितका लागि भारतले अझै २ सय ५२ रन बनाउनु पर्ने दबाब छ । अर्को तिर जितका लागि दक्षिण अफ्रिकाले ७ विकेट लिनुपर्ने हुन्छ ।

भारतले ३ विकेको क्षतिमा ३५ रन जोड्दा चौथो दिन मंगलबारको खेल सकिएको थियो । चेतेश्वर पुजारा ११ र पार्थिव पटेल ५ रनमा अविजित छन् । ओपनर मुरली विजय ९, लोकेश राहुल ५ र कप्तान विराट कोहली ५ रनमा आउट भएका थिए । घरेलु टोलीका लुङ्गी एनगिदीले २ र कागिसो राबाडाले १ विकेट लिए ।

पहिलो इनिङ्समा २८ रनको अग्रता लिएको दक्षिण अफ्रिकाले दोश्रो इनिङ्समा २ सय ५८ रन जोड्दै भारतलाई २ सय ८७ रनको लक्ष्य दिएको थियो । चौथो दिन मंगलबार २ विकेटको क्षेतिमा ९० रनबाट खेलअघि बढाएको घरेलु टोलीले सबै विकेट गुमाउँदै २ सय ५८ रन बनाएको थियो । अघिल्लो दिन ५० रनमा अविजित रहेका एबी डि भिलियर्सले ८० रन जोडे । डिन एल्गर ६१ र फाफ डु प्लेसिस ४८ रन बनाए ।

भारतका लागि मोहमद सामीले सर्वाधिक ४, जसप्रित बुमराले ३, इशान्त शर्माले २ र रविचन्द्रन आश्विनले १ विकेट लिए । दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा ३ सय ३५ तथा भारतले कप्तान कोहलीको १ सय ५३ रनको मद्दतमा भारतले ३ सय ७ रन बनाएको थियो । तीन टेस्टको श्रृखंलामा दक्षिण अफ्रिकाले १–० को अग्रता लिएको छ । पहिलो टेस्ट घरेलु टोलीले ७२ रनले जितेको थियो ।

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

March 17, 2025

मधेशविरुद्ध लुम्बिनीको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]

Success

Thank you for your time.