default_image

7 years ago

January 16, 2018

पाकिस्तानबिरुद्ध न्युजिल्याण्डको अर्को जित

78 views

0 Bookmark

हेमिल्टन (एजेन्सी) – न्युजिल्याण्ड भ्रमणमा रहेको पाकिस्तानले चौथो एक दिवसिय खेलमा पनि पराजय बेहोरेको छ। हेमिल्टन क्रिकेट मैदानमा २६३ रनको मध्यम लक्ष्य पछ्याएको न्युजिल्याण्डले पाकिस्तानलाई ५ विकेटले हराएको हो। जितसंगै पाँच एक दिवसिय शृंखलामा घरेलु टोलीले ४–०को अग्रता लिएको छ ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउंदै २६२ रनको योगफल तयार पारेको थियो। ४ खेलाडीले अर्धशतक प्रहार गरेको पाकिस्तानको लागि अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। पाकिस्तानका लागि ज़मानले ५४, सोहिलले ५०, अहमदले ५२ तथा हाफिजले सर्वाधिक ८१ रनको योगदान दिए। न्युजिल्याण्डका लागि साउथीले सर्वाधिक ३ विकेट लिए।

२६३ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ् गर्न आएको घरेलु टोलीले ४५.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। न्युजिल्याण्डको लागि ग्राण्डहोमले ४५ बलमा सर्वाधिक ७४ रनको योगदान दिए भने मुन्रोले ५६ र निकोल्सले ५२ रनको योगदान दिए। ग्राण्डहोमको करियरकै यो उत्कृष्ट  पारी हो । पाकिस्तानका लागि सादाब खानले ३ विकेट लिए।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.