7 years ago
January 14, 2018
मेलबोर्न (एजेन्सी) – मेलबोर्न क्रिकेट मैदानको कीर्तिमानी लक्ष्य पछ्याएको इङ्ल्याण्डले अष्ट्रेलियालाई ५ विकेटले हराएको छ । १ सय ५१ बलको सामना गर्दै १ सय ८० रन बनाएका जेसन रोय एक दिवसिय क्रिकेटमा सर्वाधिक रन बनाउने इङ्लिस खेलाडी बनेका छन् । जितसंगै पाँच एक दिवसिय शृंखलामा इङ्ल्याण्डले १–० अग्रता लिएको छ ।
३ सय ५ रनको लक्ष्य पाएको इङ्ल्याण्डले ४८ औं ओभरको पाँचौ बलमा मोइन अलीको चौकाको साथ लक्ष्य पुरा गर्यो । इङ्ललण्डको जितमा रोय र जो रुटबीच तेस्रो विकेटका लागि २ सय २१ रनको साझेदारी महत्वपूर्ण रह्यो । ६० रनमा २ विकेट गुमाएको इङ्ल्याण्डकालागि रुटको अवाजित ९१ रनको योगदान रह्यो ।
अष्ट्रेलियाका लागि मिसेल स्टार्चले २ तथा प्याट कमिङ्स र एडम जाम्पाले १ विकेट लिए । इङ्ल्याण्डले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि आरोन फिन्चको शतकको मद्दतमा ८ विकेट गुमाउँदै अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ३ सय ४ रन बनाएको थियो ।
फिन्चले १ सय १९ बल खेल्दै १ सय ७ रन बनाए । त्यस्तै मार्कस स्टोनिसले ४० बलमा ६० रनको योगदान दिए भने मिसेल मार्श ६८ बलको सामना गर्दै ५० रन जोडे लगतै आउट भए । इङ्ल्याण्डका लियाम प्लनकेटले सर्वाधिक ३ विकेट लिए भने अदिल रासिदले २ तथा मोइन अली, मार्क वुड र क्रिस वोक्सले १ विकेट लिए ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]