default_image

7 years ago

January 13, 2018

विश्व कपमा तेस्रो हारसँगै नेपालको सेमिफाइनल यात्रा समाप्त

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लगातार तेस्रो हारसँगै नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटको नकआउट चरणमा पुग्ने नेपालको सम्भावना सकिएको छ । शनिबार दुबईको अजमानमा भएको खेलमा नेपालले श्रीलंकासँग ३ सय ४० रनको फराकिलो हार व्यहोरो ।

SriLanka

तस्बिर : एनएसजेएफ

अजमानको ओभल क्रिकेट मैदानमा भएको खेलमा बलियो श्रीलंकाले प्रस्तुत गरेको ३ सय ८४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १५० रनमै समेटिएपछि लज्जास्पद हारको सामना गरेको हो ।

नेपालले पहिलो विकेटका लागि ५३ साझेदारी गरे पनि लगातार विकेट गुमाएपछि सस्तैमा समेटियो । सुनील थापामगर र रमेश बानियाँले अर्धशतकीय साझेदारी गर्दै राम्रो सुरुआत दिलाएपनि थप १०० रन जोड्दा नेपालले १० विकेट नै गुमायो ।

आपसी तालमेल गुमाउँदा नेपालका ६ खेलाडी रनआउटको शिकार भए । नेपालका लागि बद्री चौलागाईले सर्वाधिक ३७ रनको योगदान दिए । उनले ४७ बलमा ३ चौका प्रहार गरे । ओपनर सुनीलले रनआउट हुनुअघि २५ रन बनाए । अर्का ओपनर रमेश पनि २२ रनमा रनआउट भए । राम्रो लयमा देखिएका खिमानन्द गैर १३ रनमा रनआउट भए । नियमित कप्तान किर्तन श्रेष्ठ घाइते भएपछि नेपालको नेतृत्व पदम बडेलाले लिएका थिए । पदमले एक चौकाको मद्दतले ११ रनको योगदान दिए । श्रीलंकाको बलिङमा दिमुथु रविन्द्रा, चन्दना देशप्रिया, दामिथ सान्दरुवान र दिनेश माथुगमाले समान १–१ विकेट लिए । लंकन फिल्डरले उत्कृष्ट फिल्डङ गर्दै नेपाली ब्याट्सम्यान रन बटुल्नबाट रोकेका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पूरा ओभर नै खेल्दै ४ सय ८४ रनको विशाल स्कोर खडा गर्यो । यद्यपि, ढिलो ओभर बलिङ फ्याकेपछि नेपालमाथि १२ रनको पेनाल्टी थपिएको थियो । श्रीलंकाका लागि दिमुथु रविन्द्राले १ सय ८ रन तथा चन्दना देशप्रियाले १ सय २९ रनको अविजित शतकीय पारी खेले । प्रियन्था कुमाराले ६९ रन र केए सिल्भाले ३२ रन जोड्दै लंकन पारी उकासे । नेपालका बलरले अतिरिक्त ५३ रन दिएपछि श्रीलंकालाई ठुलो स्कोर खडा गर्न मद्दत मिलेको थियो । नेपालको बलिङमा सबै बलर महंगा साबित भए । नेपालका लागि दुर्गादत्त पौडल र सुर्य भट्टराईले समान १ विकेट लिए । नेपालका सबै बलरले १० रनरेट भन्दामाथि खर्चिए ।

नेपालको हारसँगै सेमिफाइनल राउन्डमा पुग्ने ३ राष्ट्रको टुंगो लागेको छ । भारतले ३ जित तथा पाकिस्तान, श्रीलंका र बंगलादेशले समान २ जित निकालि सकेको छ । नेपालले आइतबार साकिकको विजेता भारतसँग खेल्नेछ । विश्वकपमा अपराजित भारतले शनिबार बंगालदेशमाथि १० विकेटको जित निकालेको थियो ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.