7 years ago
January 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जारी पाँचौं नेत्रहिन एक दिवसीय प्रतियोगितामा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित हुन पुगेको छ । २ सय ५९ रनको लक्ष्य पछ्याएको पाकिस्तानले सो लक्ष्य १९ ओभरमा पुरा गर्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा २ सय ५८ रन बनाएको थियो । नेपालका लागि ओपनर रमेश बहादुरले सर्वाधिक ५९ रनको योग्दान दिएका थिए ।
त्यस्तै अर्का ओपनर बद्रि चौलागाईंले ४७ रन जोड्दै उनको राम्रो साथ दिएका थिए । अन्य ब्याट्सम्यानमा पदम बदेलले ५० रन, खिमानन्द गैरेले ३० रन, भरत थापाले ११ रन, सुनिल सुवेदीले ४ तथा भरत चौलागाईंले २ रनको योग्दान दिएका थिए ।
पाकिस्तानका लागि हारुन खानले १ विकेट लिए भने नेपालको अन्य विकेट रन आउटको रुपमा झरेको थियो । जवाफमा पाकिस्तानले १९.१ ओभरमै २ सय ६० रन बनाएको थियो ।
घरेलु टोलीका लागि बदर मुनिरले शान्दार १ सय २६ रनको पारी खेले । त्यस्तै मोह्सिन खाने ७४ रन बनाए भने अमिर अस्फाकले ४६ रन बनाएका थिए । नेपालले जनवरी १० मा बंगलादेशसँग खेल्ने छ ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]