7 years ago
January 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – कसमस कलेज र सिवाइएसटीको आयोजनामा इन्डोर क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको सिक्स ‘ए’ साइड इन्डोर क्रिकेट प्रतियोगिता हुने भएको छ ।
आयोजकले मंगलबार एक कार्यक्रम गर्दै प्रतियोगिता शनिबारदेखि हुने जानकारी गराएको हो । पुस २९ गतेबाट माघ २ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न १६ इन्जिनियरिङ कलेजले सहभागिता जनाउनेछन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ । हरेक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको विजेताले १ लाख रुपैया प्राप्त गर्नेछ । ‘म्यान अफ दि सिरिज’ले क्रिकेटको फुल किट ब्याग प्राप्त गर्नेछ । प्रतियोगिता कोटेश्वरस्थित अल्टिमेट इन्डोर क्रिकेटमा हुने र खेल इन्डोर क्रिकेटको नियम अनुसार नै खेलाइने आयोजकले जनाएको छ । खेल १२ ओभरको हुनेछ र आउट भएवापत ५ रन घट्नेछ । ६ जना खेलाडी रहने प्रतियोगितामा प्रत्येक खेलाडीले २ ओभर बलिङ गर्नुपर्ने र दुई ब्याट्सम्यानले ४ ओभर ब्याटिङ गर्नु पर्ने हुन्छ ।
यस्तै बेष्ट बलर र ब्याट्सम्यानले समान ३ हजार ५ सय पाउनेछन् । प्रतियोगितामा सहभागी हुने टिमले ३० हजार शुल्क तिर्नुपर्ने हुन्छ । उक्त शुल्कवापत आयोजकले जर्सी, खेल सामग्री, खाना तथा पानी उपलब्ध गराउनेछ । गोल्डेनगेट इन्टरनेसनल कलेज मुख्य प्रायोजक रहेको प्रतियोगिताको लागि बास्ट्रा अनलाइन सप र आइन्स्टाइन एडुकेसनल सेन्टरले सहप्रायोजन गरेको छ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]