default_image

7 years ago

January 5, 2018

दक्षिण अफ्रिका २ सय ८६ रनमा अल आउट

71 views

0 Bookmark

केप टाउन (एजेन्सी) – भारतविरुद्ध पहिलो टेस्टको पहिलो दिनमा टस जितेर पहिले ब्याटिंग रोजेको दक्षिण अफ्रिकाले २ सय ८६ रन बनाउँदै सबै विकेट गुमाएको छ ।

De villers

पहिलो इनिङ्सको तेस्रो बलमा ओपनर डीन एल्गरलाई गुमाएको घरेलु टोलीले १२ रनमा ३ विकेट गुमाएको थियो । डि भिलियर्स र फ्लाप डु प्लेसिसवीचको १ सय १४ रनको साझेदारीले खेलमा फर्किएको दक्षिण अफ्रिकाले दुवै सेट ब्याट्सम्यानलाई गुमाएपछि २ सय ८६ रन मात्र बनाएको हो । डि भिलियर्सले ६५ रन तथा डु प्लेसिसले ६२ रन जोडे । अन्य ब्याट्सम्यानहरुमा डि ककले ४३ , भर्नन फिलान्डरले २३ , केशभ महाराजले ३५ तथा कागीसो राबाडाले २६ रनको योगदान दिए ।

भारतकालागि भुवनेश्वर कुमारले सर्वाधिक ४ विकेट लिए भने रभीचन्द्र आश्विनले २ तथा हार्दिक पाण्डेया , जस्प्रित बुम्राह र मोहमद शामीले १ विकेट लिए । भारतले पहिलो इनिङ्सको ब्याटिंग गर्दैछ ।

March 15, 2025

थन्डर ११ इन्डो- नेपाल टि ट्वान्टीको फाइनलमा

हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २‌ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]

March 15, 2025

मधेशलाई आइजिपी कप क्रिकेट उपाधि

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको‌ भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

Success

Thank you for your time.