default_image

7 years ago

January 4, 2018

रुस्लान डिपिएल टी–ट्वान्टी चैतमा

73 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशीको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण चैतमा हुने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करण निर्धारित मितिभन्दा दुई महिना पछि चैतमा गराउने निर्णय गरेको हो ।

यसअघि आयोजकले माघ ५ गतेबाट प्रतियोगिता गराउने निर्णय गरेको थियो । तर, सोही मितिमा डिभिजन-२ का खेल परेकाले मिति सार्नुपरेको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास बहादुर शाहीले जानकारी गराए । नयाँ मिति अनुसार डिपिएल चैत १७ गतेबाट अर्काे वर्षको वैशाख १ गते सम्म चल्नेछ ।

प्रतियोगितामा ६ शहरका ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीहरुमा टिम चौराहा धनगढी, सिवाइसी अत्तरिया, रुपेन्देही च्यालेन्जर्स, कञ्चनपुर आइकोनिक, काठमाडौं गोल्डेन्स र विराटनगर किङ्स रहेका छन् । हरेक टिममा १५–१५ खेलाडी रहनेछन् । त्यसमा दुई विदेशी र धनगढीमा हुने ट्यालेन्ट हन्टबाट आएका सुदूरपश्चिमका एक खेलाडीलाई टिममा अनिवार्य राखिनुपर्ने आयोजकले जनाएको छ ।

यस्तै प्रतियोगिताका लागि खेलाडिलाई दर्ता हुन तीन तह छुट्याइएको छ । ग्रेड ‘ए’ मा राष्ट्रिय टिमबाट १५ खेल खेलिसकेका अथवा तीन वर्षसम्म राष्ट्रिय टिममा रहेका खेलाडीहरु रहनेछन् । ग्रेड ‘बी’ मा बाँकी राष्ट्रिय खेलाडी, क्याम्पमा परेका खेलाडी र उमेर समूहको खेलाडीहरु रहनेछन् । ग्रेड ‘सी’ मा तह नछुट्याइएको खेलाडीहरु रहने छन् ।

प्रतियोगिताको विजेताले २५ लाख रुपैंया प्राप्त गर्नेछ । उपविजेता हुने टोलीले १० लाख प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले क्रमश: ३ लाख र २ लाख प्राप्त गर्नेछन् । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ले १० हजार तथा ‘म्यान अफ दि सिरिज’ले एक थान टीभिएस अपाचे मोटरसाइकल प्राप्त गर्नेछ । पुरस्कारकै लागि ५० लाख खर्चिएको आयोजकले प्रतियोगिताको कुल लागत ३ करोड हुुने अनुमान गरेको छ ।

यस्तै आयोजकले प्रतियोगितामा सहभागी एक पूर्व खेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ र नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान दिने एक जनालाई ‘अर्जुन खड्का स्मृति सम्मान’ बाट जनही १–१ लाखसहित सम्मानित गरिने जनाएको छ ।

राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगिताको लिग चरणमा प्रत्येक टोलीले एक अर्कासँग खेल्नेछन् । शीर्ष चार टोली प्ले अफमा पुग्नेछन् । पहिलो र दोस्रो हुने टिमको विजेता क्वालिफायर पुग्नेछन् । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

प्रतियोगितामा दर्शकको लागि लिग चरणमा ५०, प्ले अफमा ७० र फाइनलमा १ सय रुपैयाको टिकट तोकिएको छ । टिकट बिक्रीको २० प्रतिशत रकम फाप्ला अन्तर्राष्ट्रिय निर्माण अभियान (ड्रिम फाप्ला) लाई र ४० प्रतिशत सहभागी टिमलाई बाँडिनेछ । प्रतियोगिताको सबै खेलहरु अञ्चल प्रहरी मैदान एसएसपी क्रिकेट ग्राउण्ड धनगढीमा हुनेछ ।

धनगढी प्रिमियर लिग (डिपिएल) को खेलाडी दर्ता प्रक्रिया पनि सुरु भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दर्ता प्रक्रिया सुरु गरिएको हो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले उक्त पत्रकार सम्मेलनका क्रममा आफ्नो नाम दर्ता गरेर खेलाडी दर्ता सुरु गरेका छन् । खेलाडीले माघ २५ गतेभित्र आफ्नो नाम दर्ता गराइसक्नु पर्नेछ ।

आज नै आयोजकले ईसेवासँग सम्झौता गरेको छ । धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास साही र ईसेवाका सिईओ अस्गर अलीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्भौता अुनसार ईसेवाले खेलाडी दर्ता र टिकट व्यवस्थापनको सम्पुर्ण जिम्मेवारी लिने छ ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.