default_image

7 years ago

January 4, 2018

डिभिजन २ का लागि प्रारम्भिक छनोट, सागर र विनोद परेनन्

106 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद ) – अर्को महिना देखी नामिबियामा हुने आईसिसि वर्ल्ड क्रिकेट लिग डिभिजन २ को लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक चरणमा २१ खेलाडीको नाम सार्वजनिक भएको छ । डिभिजन २ फेब्रुअरी ६ बाट सुरु हुँदैछ ।

hk binod and sagar

राष्ट्रिय टोलीका दुई खेलाडी सागर पुन र विनोद भण्डारी प्रारम्भिक चरणमा नै स्थान बनाउन सकेनन् । लामो समय देखि यी दुई खेलाडीले राम्रो प्रदर्शन गर्न सकेका थिएनन्।
पारस खड्काको कप्तानीमा नेपाली टोली रहनेछ ।

छनोटमा परेका अन्य खेलाडीमा अनिल कुमार शाह,वसन्त रेग्मी,दिलिप नाथ,दिपेन्द्र सिंह एरी,दिपेश श्रेष्ठ,ज्ञानेन्द्र मल्ल,करण केसी, किशोर महतो,ललित भण्डारी,ललित नारायण राजवंशी,आरिफ सेख,रोहित कुमार पौडेल छन् । त्यस्तै रसिद खान,संदीप लामिछाने, शक्ति गौचन,शरद भेषावकर,सिद्धान्त लोहनी,सोमपाल कामी,सुिल धमला र सुशन भारी हुन । रसिद र कशोर पहिलो पटक टोलीमा बोलाईएका हुन्। रोहित भने क्याम्पमा यसअघि परे पनि अन्तिम छनोटमा पर्न सकेका थिएनन्।

आईसिसि प्रतिनिधी अनिनुल ईशलाम,प्रमुख प्रशिक्षक जगत टमाटा र कप्तान पारस सम्मिलित छनौट समितिले खेलाडी छनौट गरिएको हो । क्याम्प केही दिनमा सुरू हुनेछ ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.