7 years ago
January 4, 2018
काठमाडौँ (हाम्रोखेलकुद)- दृष्टिविहिन एक दिवसिय विश्वकप क्रिकेटमा भाग लिन लाहोरतर्फ बसमा हिडेको नेपाली टोलीलाई प्रतियोगिताबाट फर्कदा बसमा हैन हवाईजहाजमा फर्काउन पर्छ भन्ने मूल नारा सहित नेपाली क्रिकेट समर्थक समाज आर्थिक सहयोग जुटाउन लागि परेको छ।
१५ दिनमा २ लाख उठाउने लक्ष्य सहित सुरु गरिएको अभियानमा हिजै मात्र दुइ लाखको हाराहारीमा सहयोगको प्रतिबद्दता आइसकेको समाजका अध्यक्ष भानु सिग्देलले जानकारी दिए। इ-सेवा मार्फत पनि ७ हजार ३ सय २७ रूपैयाँ संकलन भैसकेको छ।
नेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का तथा भूतपूर्व राष्ट्रिय खेलाडी पारस लुनिया र अमृत भट्टाराईले पनि ५०-५० हजार सहयोग गर्ने प्रतिबद्दता गरिसकेका छन्। राष्ट्रिय टोलीका कप्तान पारस खड्काले दृष्टिविहिन खेलाडीहरुलाई सबैको साथ रहेको भन्दै सबैलाई सक्दो सहयोग गर्न फेसबुकमा स्टाटस लेख्दै अपिल समेत गरेका छन्।
दृष्टिविहिन एक दिवसिय विश्वकपको सुरुआती खेलहरु पाकिस्तानमा संचालन हुने भएपछि नेपाली टोली आर्थिक अभावका बावजुद ४ दिन लगाएर पाकिस्तानतर्फ जाँदैछ। गोरखपुरबाट अमृतसरतर्फको रेल सेवा अबरुद्द भएपछि खेलाडीहरुले निकै सास्ती बेहोर्न परेको थियो।
कसरी गर्ने सहयोग?
१. नेपाली क्रिकेट समर्थक समाजको आधिकारिक बैंक खातामा रकम जम्मा गर्ने
२. खुद्रे सहयोग ( रु १००० भन्दा तल ) को लागि ई-सेवा खाता मार्फत
३. बिदेश वा स्वदेशबाट आईएमइ गर्ने हो भने नेपाली क्रिकेट समर्थक समाजको कोषाध्यक्ष प्रमोद बज्राचार्य, काठमाडौँको नाममा पठाउने
४. भेटेर नगद दिने हो भने अध्यक्ष भानु सिग्देल ( ९८५११४८५२८ ) र कोषाध्यक्ष प्रमोद बज्राचार्य ( ९८४११६३२६० )लाई भेटेर दिन सक्नुहुनेछ
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]