default_image

7 years ago

January 2, 2018

दृष्टिविहीन विश्वकपका लागि नेपाली टोली पाकिस्तान प्रस्थान

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दृष्टिविहीन एक दिवसीय विश्वकप क्रिकेटमा सहभागिता जनाउन नेपाली दृष्टिविहीन क्रिकेट टोली पाकिस्तान प्रस्थान गरेको छ ।

तस्बिरहरु : विवेक सुवेदी/ हाम्रो खेलकुद

नेपाली दृष्टिविहीन क्रिकेट टोलीलाई खेलुकद राज्यमन्त्री तेजुलाल चौधरीले मंगलबार एक कार्यक्रमका बीच विदाई गरे । नेपाली टिमलाई विदाई गर्दै खेलकुद राज्यमन्त्री चौधरीले टोलीले प्रतियोगितामा उच्च प्रदर्शन गर्दै आफ्नो देशको शिर उच्च राख्नेमा विश्वास व्यक्त गरे । मन्त्री चौधरीले खेलाडीको लागि विनियोजन भएको बजेट छिट्टै कार्यन्वयन गर्ने पनि बताए ।

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटाले देशलाई सम्झेर खेल्न आग्रह गर्दै कडा परिश्रम गरेको खण्डमा बलियो प्रतिद्धन्दीलाई पनि पराजित गर्न सकिने बताए । पाँचौ संस्करणको एक दिवसीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता जनवरी ७ देखि २१ सम्म पाकिस्तान र दुबईमा संयुक्त रुपमा आयोजना हुँदैछ ।दृष्टिविहीन टि–२० विश्वकपको अनुभव बटुलिसकेको नेपालले पहिलोपटक एकदिवसीय क्रिकेटको विश्वकप खेल्न लागेको हो । प्रतियोगितामा ६ राष्ट्र रहेका छन् ।

विश्वकपमा साविक विजेता भारत, साविक उपविजेता पाकिस्तान, नेपाल, श्रीलंका, अष्ट्रेलिया र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् । वेस्ट इन्डिज, साउथ अफ्रिका र इंग्ल्यान्डले भने सुरक्षाको कारण देखाउँदै प्रतियोगिता नखेल्ने भएका छन् । राउन्ड रोविन आधारमा हुने प्रतियोगितामा नेपालले जनवरी ८ मा बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

त्यस्तै नेपालले जनवरी ९ मा भारतविरुद्ध खेल्नेछ । नेपालले १० जनवरीमा घरेलु टोली पाकिस्तानविरुद्ध मैदान उत्रँदा १३ जनवरीमा अष्ट्रेलियाको सामना गर्नेछन् ।नेपाल ११ जनवरीमा दुबई प्रस्थान गर्नेछ । दुबईको अजमानमा नेपालले चौथो खेल १३ जनवरीमा अस्ट्रेलिया खेल्नेछ । अजमानमै १५ जनवरीमा तुलनात्मक रुपमा बलियो श्रीलंकाविरुद्ध नेपालले आफ्नो चुनौती प्रस्तुत गर्नेछ ।

नेपाली टिमको कप्तानी किर्तन श्रेष्ठ दुवालले गर्नेछन् । टिममा पदम बहादुर बडेला, सुनिल सुवेदी, विक्रम बहादुर राना, नरेश चौधरी, भरत चौलागाईं, सुर्यप्रसाद भट्टराई र सुनिल राना रहेका छन् । यस्तै खिमानन्द गैरे, बद्री चौलागाई, रमेश बहादुर बानियाँ, भरत थापा र सुनिल थापा मगर पनि टोलीमा रहेका छन् । प्रशिक्षकमा रिजन प्रजु रहेका छन् । नेपाली टोलीलाई खेल पोशाक उत्पादक कम्पनी साहस स्पोर्टसले प्रायोजन गरेको छ ।

March 18, 2025

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

Success

Thank you for your time.