7 years ago
January 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ब्याट्सम्यान शरद भेषावकर बाबु बन्ने भएका छन् । शरद की श्रीमती चलचित्र नायिका निशा अधिकारीले सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत आमा बन्न लागेको सार्वजनिक गरेकी छिन् । शरद र निशा असार १६ गते बैवाहिक बन्धनमा बाँधिएका थिए ।
निशाले नयाँ वर्षको अवसर पारेर समर्थक माझ फेसबुकमार्फत आफू गर्भवती भएको ५ महिना भएको जानकारी दिएकी छिन् । उनले लेखेकेकी छिन् , थाहा नपाई आमा भइसकेको छु । जुन दिन पेटमा बच्चा बस्यो, सोही दिनदेखि म आमा भए । हाल अमेरिकामा रहेकी निशाले चलचित्र ‘झ्यानाकुटी’ निर्माण गरेकी थिइन् । चलचित्र गत मंसिरमा रिलिज भएको थियो ।’
भैरहवा ग्ल्याडिएटर्सका कप्तान समेत रहेका शरदको टोलीले शनिबार विराटनगर वारियर्ससँग एभरेष्ट प्रिमियर लिग (इपिएल) फाइनल खेलेको थियो । पारस खड्काको कप्तानीमा रहेको विराटनगरसँग शरदको टोली १ रनले पराजित भएको थियो ।
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]