default_image

7 years ago

December 30, 2017

भैरहवालाई जितको लागि १ सय ५० रनको विजयी लक्ष्य

100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर वारियर्सले टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेलमा भैरहवा ग्ल्याडियटर्सलाई जितको लागि १ सय ५० रनको विजयी लक्ष्य दिएको छ । भैरहवाले केही बेरमा ब्याटिङ थाल्नेछ ।

भैरहवा र विराटनगर प्रतियोगितामा तेस्रोपटक प्रतिस्पर्धा गर्दै छन् । दुवै खेलमा विराटनगर विजयी भएको थियो । लिग चरणको खेलमा ३५ रनले पराजित भएको भैरहवा क्वालिफायरको पहिलो खेलमा ८ विकेटले पराजित भएको थियो ।

त्रिवि क्रिकेट मैदानमा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रनको मध्यम योगफल तयार गर्‍यो । विराटनगरका लागि अंशुमन रथले सर्वाधिक ४१ रनको योगदान दिए । कप्तान पारस खड्का २७ रनमा हरिशंकर शाहको बलमा भुवन कार्कीद्वारा क्याच आउट भए ।

प्रतियोगिताभर राम्रो प्रदर्शन गरेका हङकङका कप्तान समेत रहेका बाबर हायात ११ रनमा आरिफ शेखको बलमा राहुल यादवबाट क्याच आउट भए । पहिलो विकेटको रुपमा आसिफ शेख ७ रनमा आउट भएका थिए । उनी शरदको बलमा रोहितद्वारा क्याच आउट भए ।

पाँचौं विकेटको लागि अनिल कुमार शाह र प्रनित थापामगरले ३४ रनको साझेदारी गरे । अनिल शाह २२ रनमा आउट भए भने प्रनित थापा मगर १४ रनमा बोल्ड भए । सुमित महर्जन ३ रनमा रन आउटको शिकार भए । त्यस्तै करन केसी ९ तथा बसन्त रेग्मी ३ रनमा नटआउट रहे ।

भैरहवाका लागि हरिशंकर शाह, कृष्ण कार्की र आरिफ शेखले समान २ विकेट लिए । कप्तान शरद भेषावाकर र आरिफ शेखले १ विकेट लिए ।

पुस ३ गतेबाट शुरु भएको प्रतियोगितामा देशभरका ६ टिमले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको विजेताले २१ लाख रुपैया प्राप्त गर्नेछन् । खेलको पहिलो इनिङपछि नेपाल आइडलका टप थ्रीले सांगीतिक प्रस्तुती दिएका छन् ।

March 18, 2025

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

Success

Thank you for your time.