7 years ago
December 28, 2017
दोस्रो क्वालिफायर्समा ललितपुर ३ विकेटले पराजित
काठमाडौँ (हाम्रो खेलकुद) – दोस्रो क्वालिफायर खेलमा ललितपुर प्याट्रियट्सलाई ३ विकेटले पराजित गर्दै भैरहवा ग्ल्याडियटर्स टीभिएस एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
भैरहवाले अब उपाधिका लागि शनिबार विराटनगर वारियर्सको सामना गर्नेछ । लिग चरण र क्वालिफायर्सको खेलमा भैरहवा विराटनगरसँग पराजित भएको थियो ।
ललितपुरले दिएको १ सय ३३ रनको लक्ष्य भैरहवाले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । भैरहवाको जितमा रोहित कुमार पौडेलले २८ रनको अविजित इनिङ्स खेले । १८.३ बलमा रसिद खानको बलमा कुशल भुर्तेलले रोहित कुमार पौडेललाई क्याच छुटाउनु नै ललितपुरको हारमा कारक बन्यो । उनी रोहितले अन्तिम ओभरको पहिलो र दोस्रो बलमा छक्का प्रहार गरे ।
ओपनर प्रथम सालुङ्के ३२ रनमा सन्दिप लामिछानेको बलमा बोल्ड आउट भए । बोल्ड आउट हुनुअघि प्रथमले लगातार तीन छक्का प्रहार गरेका थिए । भुपेन्द्र थापा १९ रनमा आउट भए । पुनित मेहरा १४ रनमा क्याच आउट भए । राहुल यादव ९ रनमा रन आउटको शिकार भए । कप्तान शरद भेषवाकार ९ रन तथा आरिफ शेख ६ रनमा आउट भए । प्रदिप ऐरी ५ रनमा आउट भए ।
ललितपुरका पवन सर्राफ र ललितनारायण राजवंशीले समान २ विकेट लिए । सन्दिप लामिछाने र रसिद खानले समान १ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको सामान्य योगफल बनायो । यि दुई टिमबीचको विजेताले शनिबार हुने फाइनलमा बिराटनगर वारियर्ससँग प्रतिस्पर्धा गर्नेछ । ललितपुरका लागि जयकिसन कोल्सावालाले सर्वाधिक ४२ रनको योगदान दिए । अर्का ओपनर शंखर राना १२ रनमा रन आउट भए ।
कोल्सावाला र शंकर रानाले पहिलो विकेटको लागि ५१ रनको साझेदारी गरे । राम्रो शुरुवात गरेको ललितपुरले ६० रनमा महत्वपूर्ण २ विकेट गुमाउन पुग्यो । ललितपुरका कप्तान ज्ञानेन्द्र मल्ल २०, सन्नी पटेल २४ र कुशल भुर्तेल शुन्य रनमै आउट भए । कप्तान मल्ल आरिफ शेखको बलमा क्याच आउट भए । सोनु तामांङ १० रनमा नटआउट रहे भने अन्तिम बलमा आउट भएका दिपेश भण्डारीले ९ बलमा २२ रन प्रहार गरेका थिए ।
भैरहवाका पुनित मेहेराले ४ ओभरमा २८ रन खर्चदै २ विकेट लिन सफल भए । हरिशंखर शाह, आरिफ शेख र भुवन कार्कीले समान १-१ विकेट लिए ।
राउण्ड रोविन लिगको आधारमा गत पुस ३ गतेबाट शुरु भएको प्रतियोगितामा विभिन्न ६ शहरका ६ टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको विजेताले २१ लख रुपैया प्राप्त गर्नेछ । फाइनल शनिबार हुने छ ।
राेहित खेलका म्यान अफ दि म्याच भए ।
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा लगातार दोस्रो हार बेहारेको छ । नेपाल सोमवार स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो । ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । स्कटल्याण्डका लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन जोडिन् । ग्रवियल फन्टेलाले नट आउट […]
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । सोमवारको पहिलो खेलमा बागमतीले आर्मीलाई १४ रनले पराजित गरेको हो । हुस्सुका कारण ढिला सुरु भएको खेल १५ ओभरमा छोट्याइएको थियो । ८२ रनको लक्ष्य पछ्याएको आर्मी १३.२ ओभरमा ६७ रन जोड्दै अल आउट भयो […]
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा नेपालले स्कटल्याण्डलाई सामान्य लक्ष्य दिएको छ । नेपालले स्कटल्याण्डलाई ७४ रनको सामान्य लक्ष्य दिएको हो । मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल १८.५ ओभरमा ७३ रन जोड्दै अल आउट भयो । कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । सावित्री […]