default_image

7 years ago

December 27, 2017

पोखरा राइनोजलाई १३९को लक्ष्य

106 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद)- ललितपुर प्याट्रियट्सले टीभिएस एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको इलिमेटरको पहिलो खेलमा पोखरा राइनोजलाई जितको लागि १ सय ३९ रनको विजयी लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३८ रनको सामान्य योगफल बनायो । पोखराले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ । यि दुई टिमबीचको विजेताले भोलि भैरहवा ग्लाडियटर्ससँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । ललितपुरका लागि शंकर रानाले सर्वाधिक ३५ रनको योगदान दिए । अर्का ओपनर जयकिसन कोल्सावाला २८ रनमा आउट भए ।

कोल्सावाला र शंकर रानाले पहिलो विकेटको लागि ६० रनको साझेदारी गरे । राम्रो शुरुवात गरेको ललितपुरले ७६ रनमा महत्वपूर्ण ४ विकेट गुमाउन पुग्यो । यसबीचमा ललितपुरका कप्तान ज्ञानेन्द्र मल्ल २, कुशल भुर्तेल ८ र सोनु तामाङ शुन्य रनमै आउट भए । कप्तान मल्ल सुसन भारीको बलमा एलबिडब्लुको शिकार भए । सन्नी पटेल ३९ रनमा तथा दिपेश भण्डारी १९ रनमा नटआउट रहे । दिपेश र सन्नीले छैटौ विकेटको लागि ६२ रनको साझेदारी गरे ।

पोखराका इसरार उल्लाहले ४ ओभरमा १४ रन खर्चदै ३ विकेट लिन सफल भए । सुसन भारीले २ विकेट लिए । राउण्ड रोविन लिगको आधारमा गत पुस ३ गतेबाट शुरु भएको प्रतियोगितामा विभिन्न ६ शहरका ६ टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको विजेताले २१ लख रुपैया प्राप्त गर्नेछ ।

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

March 15, 2025

आर्मीविरुद्ध कोशीको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

Success

Thank you for your time.