7 years ago
December 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर वारियर्सले राजधानीमा जारी टीभिएस एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो क्वालिफायरमा जितका लागि १ सय २८ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रनको मध्यम स्कोर खडा गरेको हो ।
भैरहवाका लागि मध्यक्रमका ब्याट्सम्यान पुनित मेहरा ४९ रनमा आउट भए । आरिफ शेखले ४६ रन बनाए । आरिफ र पुनितले पाँचौ विकेटका लागि ८२ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । ३५ बल खेलेका आरिफले १ चौका र ३ छक्का प्रहार गरे । ३४ बल खेलेका पुनितले ३ चौका र ३ छक्का प्रहार गरे ।
खराव शुरुवात गरेको भैरहवाले शुरुवाती २७ रन जोड्दा महत्वपूर्ण ४ विकेट गुमाएको थियो । भुपेन्द्र थापा २, रोहित कुमार पौडेल ६ रनमा आउट आउट भए । कप्तान शरद भेषवाकार ८ रनमा आउट भए । ओभरसिज खेलाडी राहुल यादव ७ रनमा आउट भए । प्रथम सालुङ्के ३ रनमा आउट भए । विराटनगरका शाहन आदेशा आपुहामी र करन केसीले समान २ विकेट लिए । कप्तान पारस खड्का, वसन्त रेग्मी र अविनास कर्णले समान १ विकेट लिए ।
विराटनगर समूहको शीर्षस्थानमा तथा भैरहवा दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुग्न सफल भएको थियो । आजको खेल जित्ने टोली फाइनलमा प्रवेश गर्नेछ । पराजित हुने टोलीले आजै हुने इलिमेटरको विजेतासँग अर्को इलिमेटर खेल खेल्ने मौका पाउनेछ । इलिमेटरमा आज ललितपुर प्याट्रियट्स र पोखरा राइनोजबीच खेल हुदैछ ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]