7 years ago
December 26, 2017
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा राइनोजले राजधानीमा जारी टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा जितका लागि ललितपुर प्याट्रियट्सलाई १ सय ३३ रनको विजयी लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रनको मध्यम योगफल बनायो ।
पोखराका लागि ओपनर सुनिल धमलाले ७० रनको अविजित योगदान दिए । ६२ बल खेलेका सुनिलले २ चौका र ५ छक्का प्रहार गरे । सुनिल प्रतियोगितामा तेस्रो अर्धशतक बनाउने नेपाली खेलाडी बने । यसअघि पवन सर्राफ र दिपेन्द्रसिंह ऐरीले अर्धशतक पुरा गरेका थिए । अहिलेसम्म प्रतियोगितामा ११ अर्धशतक भएका छन् । त्यसमध्ये आठ अर्धशतक विदेशी खेलाडीको नाममा छ ।
राजेश पुलामी मगरले ३२ रन बनाए । चौथो सुनिल र राजेशले तेस्रो विकेटको लागि ६६ रनको साझेदारी गरे । छैटौ नम्वरमा ब्याटिङमा आएका विनोद भण्डारी १२ रनमा आउट भए । इसरार उल्लाह ३ तथा आसिफ अली २ रनमा पभेलियन फर्किए ।
ललितपुरका दिपेश भण्डारी, रसिद खान, ललित नारायण राजवंशी र सन्दिप लामिछानेले समान १ विकेट लिए । ललितपुरले केही बेरमा ब्याटिङ थाल्नेछ । ललितपुरले जित हात पारे प्ले अफमा पुग्नेछ भने, पोखरा यसअघि नै प्ले अफमा पुगिसकेको छ । यि दुई टोलीले नै बुधबार प्ले अफ खेल्नेछ ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]