default_image

7 years ago

December 26, 2017

चितवन टाइगर्स इपिएलबाट बाहिरियो, भैरहवासँग ४ विकेटले पराजित

91 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– चितवन टाइगर्स राजधानीमा जारी टिभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको लिग चरणबाटै बाहिरिएका छ । इपिएलको नवौं दिनको पहिलो खेलमा चितवन टाइगर्स भैरहवा ग्ल्याडियटर्ससँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको हो । भैरहवा लिग चरणको एक खेल अगावै प्ले अफ चरणमा पुग्न सफल भएको थियो ।

क्वालिफायरको पहिलो खेलमा शीर्ष स्थानमा रहेको विराटनगर र भैरहवाबीच खेल हुनेछ । क्वालिफायरको विजेता टोली सोझै फाइनल प्रवेश गर्नेछ । भने पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग इलिमेटर खेल खेल्ने मौका पाउनेछ । चितवनले दिएको ८८ रनको झिनो लक्ष्य भैरहवाले १८.३ ओभरमा ६ विकेट गुमाएर पुरा ग¥यो ।

भैरहवाका लागि पुनित मेहराले ३० रनको बनाए । रोहित कुमार पौडेल २० रन जोडे । पुनित र रोहितले चौथो विकेटका लागि ४६ रनको साझेदारी गरे । भुपेन्द्र थापा १३ रनमा आउट भए । कप्तान शरद भेषवाकर ८ रन बनाए । भैरहवाले पनि शुरुवाती तीन ब्याट्सम्यान सस्तैमा गुमाएको थियो ।

कृष्ण कार्कीले ९ रन थपे । ओपनर प्रदिप ऐरी १ तथा प्रथम सालुङ्के शुन्य रनमा आउट भए । चितवनका शाहव आलम र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए । कमल सिंह ऐरी र प्रविन गुप्ताले समान १ विकेट लिए ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवन टाइगर्सले पुरा २० ओभर खेल्दै ९ विकेट गुमाएर ८७ रनको सामान्य स्कोर खडा गरेको थियो । यो योगफल प्रतियोगिताकै न्युन हो । ४ खेलाडीले मात्र दोहोरो अंक छुन सकेको चितवनका लागि कप्तान दिपेन्द्र र योगेन्द्र सिंह कार्कीले सर्वाधिक सर्वाधिक समान १५ रन बनाएका थिए ।

ललित सिंह भण्डारीले १३ रन जोडे भने ट्यालेन्ट हन्टबाट छानिएका आकाश थापा १० रन थपे । प्रविण गुप्ता ८ रन र दिलिप नाथ ४ रनमा आउट भए । भैरहवाका लागि कप्तान शरदले सर्वाधिक ३ लिए । भुवन र हरिशंखर शाहले समान २ तथा कृष्ण र पुनितले समान १ विकेट लिए ।

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

March 15, 2025

आर्मीविरुद्ध कोशीको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

Success

Thank you for your time.