7 years ago
December 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले काठमाडौं किङ्स इलेभेनलाई जितको लागि १ सय ४८ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रनको योगफल तयार गर्यो ।
विराटनगरका लागि बाबर हायातले सर्वधिक ६७ रनको योगदान दिए । अंशुमन रथ ३२ रनमा आउट भए भने कप्तान पारस खड्का २६ रनमा आउट भए । त्यस्तै अनिल शाह ९ रन र करण केसी ५ रनमा आउट भए ।
ओपनर आशिफ शेख शुन्य रनमा आउट भएका थिए । जितेन्द्र मुखियाको बलमा ६२ रनमा बाबर हायातको क्याच अक्षु फर्नान्डोले छुटाएका पनि थिए ।
काठमाडौंका सोमपाल कामी र अमरसिंह राउटेलाले समान २ विकेट लिए । कप्तान फरवेज महारुफ र जितेन्द्र मुखियाले एकएक विकेट लिए । यस खेलमा जित हात पारे लिग चरणमा विराटनगर अपराजित रहँदै प्ले अफमा पुग्नेछ ।
काठमाडौंले जित हात पारे आफ्नो प्ले अफमा पुग्ने सम्भावना यथावत राख्नेछ । काठमाडौं पराजित भएको खण्डमा लिग प्ले अफ पुग्नका लागि अन्य खेलको नतिजा कुर्नुपर्ने हुन्छ । लिगमा विराटनगर ४ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा छ भने २ अंकसहित काठमाडौं पाँचौ स्थानमा छ ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]