default_image

7 years ago

December 25, 2017

‘धोनी अझै विश्व नम्बर १ किपर’

112 views

0 Bookmark

इन्डोर (एजेन्सी) – बिसीसीआईका छनोट समितीका अध्यक्ष मनाभा प्रसादले भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा विकेट किपर ब्याट्सम्यान महेन्द्र सिंह धोनी अझै विश्वका सर्वोकृष्ट किपर रहेको बताएका छन् ।

Dhoni

विश्व कप नजिकिदै गर्दा छनोट समितीका अध्यक्षबाट यस्तो प्रशंसा पाउनु धोनीका लागि १८ महिना पछि हुने क्रिकेट विश्व कपमा स्थान बन्न सक्ने प्रवल सम्भावना रहेको बुझ्न सकिन्छ ।

प्रसादले यसअघि ४ महिना पहिले धोनीले स्वतः विश्व कपको टोलीमा स्थान नबनाउने र उनले अन्य खेलाडी जस्तै छनोट हुनुपर्ने बताएका थिए । तर हाल पूर्वकप्तानको उच्च प्रदर्शनका कारण प्रसादले धोनीको प्रशंसा गरेका हुन् ।

फेब्रुअरीमा दक्षिण अफ्रिकासँगको टोली सार्वजनिक गर्ने क्रममा प्रसादले भने , ‘मेरो विचारमा महेन्द्र सिंह धोनी अझै विश्वका नम्बर १ विकेटकिपर हुन् । अनि हरेक दिन हामी देख्दैछौं , उनले गर्ने स्टमपिङ्ग , कट बिहाइन्ड, श्रीलंकासँगको टि-२० मा पनि अभूतपूर्व थिए । भारतीय क्रिकेटमा मात्र हैन , विश्व क्रिकेटमा पनि उनको स्तरको विकेट किपर छैन । ‘

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

Success

Thank you for your time.