7 years ago
December 24, 2017
मुम्बई (एजेन्सी)– सबै क्षेत्रमा उच्च प्रदर्शन गरेपछि भारतले आन श्रीलंकालाई तेस्रो टि ट्वान्टी क्रिकेटमा ५ विकेटले हराएको थियो । यसअघि नै श्रृखंला जितेको भारतले तीन खेलमा क्लिन स्विप गरेको छ । भारतले यसअघि टेस्ट र एक दिवसिय क्रिकेटमा पनि श्रीलंकालाई हराइसकेको थियो ।
वाङखडे मैदानमा भारतीय बलरहरुले उच्च प्रदर्शन गरेपछि टस हारेर पहिले ब्याटिङको निमन्त्रणा पाएको श्रीलंकाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३५ रन बनाएको थियो । जवाफमा भारतले ४ बलअघि ५ विकेट गुमाउँदै १ सय ३९ रन जोेको थियो ।
भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनी र दीेनेश कार्तिक अविजित रहे । धोनीले १० बलमा २ चौकाको मद्दतमा १६ तथा कार्तिकले १२ बलमा १ छक्कासहित १८ रन बनाएका थिए । त्यसअघि मनिष पाण्डेले ३२ बलमा १ चौका र १ छक्काको मद्दतमा टोलीका लागि सर्वाधिक ३२ रन जोडे ।
अघिल्लो खेलमा ३५ बलमा शतक बनाएका कप्तान रोहित शर्माले २७ रन बनाए । श्रीलंकाका दुश्मन्था चामेरा र दुसन सनाकाले समान २ विकेट लिए । त्यसअघि श्रीलंकाका लागि एसेला गुनारत्नेले ३६ रन बनाएका थिए भने दुसनले अविजित २९ रन जोडेका थिए ।
भारतका जय देव उनडकट, हार्दिकले समान २ तथा डेब्यू गरेका वासिङ्टन सुन्दर र कुलदीप यादवले समान १ विकेट लिए । भारतका जय देव प्लेयर अफ दी म्याच र प्लेयर अफ दी सिरिज घोषित भए ।
डिसेम्बर २५ , ८:०३ मा सच्चाइएको
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]