7 years ago
December 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सले टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा ललितपुर प्याट्रियट्सलाई ५ विकेटले पराजित गर्दै चितवनले प्रतियोगितामा पहिलो जित निकालेको हो । यसअघिका तीन खेलमा चितवन पराजित भएको थियो ।
ललितपुरले दिएको १ सय ३१ रनको लक्ष्य चितवन टाइगर्सले १९.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । चितवनको जितमा प्रविन गुप्ताले ५६ रनको अविजित अर्धशतकीय इनिङ्स खेले । कप्तान दीपेन्द्रसिंह ऐरीले ५५ रनको योेगदान दिए । आकाश थापा ४ रनमा नटआउट रहे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोेड्न सकेनन् ।
ललितपुरका सन्नी पटेलले ३ विकेट लिए । ललित नारायण राजवंशी र सन्दिप लामिछानेले समान १ विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ३० रनको मध्य योगफल बनाएको हो ।
ललितपुरका लागि ओपनर जयकिसन कोल्सावालाले ३१ रनको योगदान दिए । शंकर राना २७ रनमा आउट भए । आक्रमक खेल खेलेका सुवोध भाटी २३ रनमा आउट भए । भाटीले ८ बलमा ३ छक्का प्रहार गरेका थिए । जयकिसान कोल्सावाला र शंकर रानाले पहिलो विकेटको लागि ५८ रनको साझेदारी गरेका थिए ।
सोनु तामाङ १९ रनमा आउट भए । कप्तान ज्ञानेन्द्र मल्ल १० रनमा आउट भए । सन्नी पटेल ३ तथा मेहबुव आलम र कुशल भुर्तेल समान १ रनमा आउट भए । रसिद खान शुन्य रनमा आउट भए । चितवनका योगेन्द्रसिंह कार्कीले ४ विकेट लिए । प्रमेश कुमार र प्रविन गुप्ताले समान २ विकेट तथा कमलसिंह ऐरीले १ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत आइतबार कुनै खेल हुने छैन । सोमबार काठमाडौं किङ्स इलाभेनले विराटनगर वारियर्ससँग खेल्नेछ । अर्काे खेलमा पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सबीच खेल हुनेछ ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]