default_image

7 years ago

December 23, 2017

चितवन टाइगर्सलाई १ सय ३१ रनको विजयी लक्ष्य

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर प्याट्रियट्सले राजधानीमा जारी टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा चितवन टाइगर्सलाई जितको लागि १ सय ३१ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ३० रनको मध्य योगफल बनाएको हो ।

ललितपुरका लागि ओपनर जयकिसन कोल्सावालाले ३१ रनको योगदान दिए । त्यस्तै शंकर राना २७ रनमा आउट भए । आक्रमक खेल खेलेका सुवोध भाटी २३ रनमा आउट भए । भाटीले ८ बलमा ३ छक्का प्रहार गरेका थिए । जयकिसान कोल्सावाला र शंकर रानाले पहिलो विकेटको लागि ५८ रनको साझेदारी गरेका थिए ।

सोनु तामाङ १९ रनमा आउट भए भने कप्तान ज्ञानेन्द्र मल्ल १० रनमा आउट भए । सन्नी पटेल ३ तथा मेहबुव आलम र कुशल भुर्तेल समान १ रनमा आउट हुँदा रसिद खान शुन्य रनमा आउट भएका थिए ।

चितवनका योगेन्द्रसिंह कार्कीले ४ विकेट लिए । प्रमेश कुमार र प्रविन गुप्ताले समान २ विकेट तथा कमलसिंह ऐरीले १ विकेट लिएका थिए । चितवनले केही बेरमा ब्याटिङ थाल्नेछ ।

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

Success

Thank you for your time.