default_image

7 years ago

December 23, 2017

विराटनगरको लगातार चौथो जित, भैरहवा ३५ रनले पराजित

90 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर वारियर्सले टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार चौथो जित दर्ता गरेको छ ।

यसअघि नै इपीएलको प्लेअफ चरणमा पुगिसकेको विराटनगरले शनिबार भैरहवा ग्लाडियटर्सलाई ३५ रनले पराजित गर्दै प्रतियोगितामा अपराजित रहन सफल भएको हो । भैरहवाको भने प्रतियोगितामा यो पहिलो हार हो ।विराटनगरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको भैरहवाले १८.३ ओभरमा सबै विकेट गुमाएर १ सय १४ रन मात्र बनाउन सक्यो ।

भैरहवाका प्रदिप ऐरी र हरिशंकर शाहले समान १८ रन बनाए । त्यस्तै पुनित विष्ट १४ र कृष्ण कार्की १२ रनमा आउट भए । भुवन कार्की ७ तथा प्रथम सालुङ्के र पुनित मेहरा समान ६ रनमा आउट भएका थिए । कप्तान शरद भेषवाकर आज २ रनमा आउट भए । भैरहवालाई कम स्कोरमा समेट्न विराटनगरका अविनास कर्ण एक्लैले ४ विकेट लिए । वसन्त रेग्मीले ३ विकेट लिए भने शाहन आदेशा, पारस खड्काले १-१ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले अंशुमान रथको अर्धशतकको मद्दतमा ६ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । राम्रो शुरुवात गरेको विराटनगरको मध्यक्रममले भने राम्रो खेल्न सकेन । विराटनगरका लागि अंशुमन रथले सर्वाधिक ५७ रनको अर्धशतकीय इनिङ्स खेले । ५० बल खेलेका अंशुमनले आफ्नो पारीमा ८ चौका हिर्काए । अंशुमनको यो प्रतियोगितामा दोस्रो अर्धशतक हो । पहिलो खेलमा पोखरा राइनोजसँगको खेलमा उनले ६० रन बनाएका थिए ।

बाबर हायतले ३६ रनको योगदान दिए । ३५ रनमा पुनित मेहराको बलमा प्रथम सालुङ्केले क्याच छुटाए पनि १६ औं ओभरको पहिलो बलमा हरिशंकर शाहबाट ३६ रनमा बोल्डआउट भएका थिए । ओपनर आसिफ शेखलाई १ रनमै गुमाएको विराटनगरले दोस्रो विकेटको लागि ९३ रनको साझेदारी गरेको थियो ।

कप्तान पारस खड्का १५ रनमा आरिफ शेखको बलमा भुवन कार्कीबाट क्याचआउट भएका थिए । प्रनित थापामगर १४ रनमा आउट भए भने करन केसी ११ तथा पुष्प थापा २ रनमा नटआउट रहे । भैरहवाका हरिशंकर शाहले ३ तथा आरिफ शेखले २ विकेट लिए । दिपेश श्रेष्ठले १ विकेट लिएका थिए । दोस्रो खेलमा ललितपुर प्याट्रियट्स र चितवन टाइगर्सबीच खेल हुदैछ ।

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

Success

Thank you for your time.