default_image

7 years ago

December 23, 2017

भैरहवालाई १ सय ५० रनको लक्ष्य , अंशुमानको अर्धशतक

72 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अंशुमान रथको अर्धशतक मद्दतमा विराटनगर वारियर्सले टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडियटर्सलाई १ सय ५० रनको विजयी लक्ष्य दिएको छ ।
Biratnagar Anshuman

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४९ रनको योगफल तयार पारेको हो । राम्रो शुरुवात गरेको विराटनगरले मध्यक्रममले राम्रो खेल्न सकेन ।

विराटनगरका लागि अंशुमन रथले सर्वाधिक ५७ रनको अर्धशतकीय इनिङ्स खेले । ५० बल खेलेका अंशुमनले ८ चौका प्रहार गरे  । बाबार हायतले ३६ रनको योगदान दिए । ३५ रनमा पुनित मेहराको बलमा प्रथम सालुङ्केले क्याच छुटाएपनि १६ औं ओभरको पहिलो बलमा हरिशंकर शाहबाट ३६ रनमा बोल्डआउट भए ।

ओपनर आसिफ शेखलाई १ रनमै गुमाएको विराटनगरले दोस्रो विकेटको लागि ९३ रनको साझेदारी गरे । कप्तान पारस खड्का १५ रनमा आरिफ शेखको बलमा भुवन कार्कीबाट क्याचआउट भए । प्रनित थापामगर १४ रनमा आउट भए । करन केसी ११ तथा पुष्प थापा २ रनमा नटआउट रहे ।

भैरहवाका हरिशंकर शाहले ३ तथा आरिफ शेखले २ विकेट लिए । दिपेश श्रेष्ठले १ विकेट लिए । भैरहवाले केहीबेरमा ब्याटिङ थाल्नेछ । दुवै टोली प्रतियोगितामा अपराजित छन् ।

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

Success

Thank you for your time.