default_image

7 years ago

December 22, 2017

अन्तिम खेलअघि नै भारतलाई टि ट्वान्टी श्रृखंला

88 views

0 Bookmark

इन्दोर (एजेन्सी) – भारतले श्रीलंकाविरुद्धको तीन टि ट्वान्टीको श्रृखंला अन्तिम खेल अघि नै जितेको छ । दोस्रो टि ट्वान्टी आज ८८ रनले हराउँदै भारतले श्रृखंलामा २–० को अग्रता लिएको छ । २ सय ६१ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १७.२ ओभरमा १ सय ७२ रनमात्र बनाउन सक्यो ।

श्रीलंकाका माथिल्लो क्रममा तीन ब्याट्सम्यानबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरोमा आँकडामा रन जोड्न सकेनन् । कुशल परेराले अर्धशतकिय पारी खेले । ३७ बलमा उनले ४ चौका र ७ छक्काको मद्दतमा ७७ रन बनाए । ओपनर उपुल थारांगा अर्धशतक बनाउनबाट ३ रनले चुके । उनले २९ बलमा ३ चौका र २ छक्का प्रहार गरे । निरोशन डिकवेलाले २५ रन बनाए । भारतका युजभेन्द्र चाहलले ४ र कुलदिप यादवले ३ विकेट लिएका थिए ।

त्यसअघि पहिलो ब्याटिङ गर्दै भारतले विशाल योगफल तयार पारेपनि कीर्तिमान रच्न चुकेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ६० रन बनाएको हो । सन् २०१६ मा अस्ट्रेलियाले श्रीलंका विरुद्ध बनाएको २ सय ६३ रन टि ट्वान्टीको सर्वाधिक रन हो ।

भारतको विशाल योगफलमा कप्तान रोहित शर्माले १ सय १४ रन बनाए भने के एल राहुल ८९ रन बनाउँदै आउट भए । रोहितले ३५ बलमा शतक पुरा गरेका हुन् । टि ट्वान्टी क्रिकेटमा यो छिटो शतक हो , जुन दक्षिण अफ्रिकाका डेभिड मिलरसँग बराबरी हो ।

विष्फोटक ब्याटिङ गरेका रोहितले ११ चौका र ८ छक्का प्रहार गरेका थिए । उनि १ सय १८ रन बनाउँदै दुश्मन्था चमिराको बलमा आउट भए । त्यस्तै पूर्व कप्तान महेन्द्र सिंह धोनीले २८ रन बनाए भने हार्दिक पाण्डेयाले ३ बलमा १० रन बनाउँदै आउट भए ।

श्रीलंकाका लागि थिसारा परेरा र नुवान प्रदिपले २ विकेट लिए । भारत १९ ओभरको अन्त्यमा २ सय ५३ रनमा थियो भने अन्तिम ओभरमा ७ रन थप्न सफल भयो । यो टि ट्वान्टी क्रिकेटमा दोस्रो ठूलो स्कोर हो , जुन श्रीलंकासँग बराबर हो । यसअघि श्रीलंकाले केन्या विरुद्ध २००७ मा २ सय ६० रन बनाएको थियो ।

 

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

Success

Thank you for your time.