7 years ago
December 22, 2017
इन्डोर (एजेन्सी) – विराट कोहलीको अनुपस्थितिमा कप्तानीको जिम्मेवारी पाएका भारतिय ब्याट्सम्यान रोहित शर्माले उत्कृष्ट लयलाई निरन्तरता दिँदै श्रीलंकाविरुद्ध दोस्रो टी-२० खेलमा शतक प्रहार गरेका छन् ।
टस जितेर भारतलाई ब्याटिङ गर्ने अवसर दिएपछि ओपनरको रुपमा आएका रोहितले ३५ बलमा शतक पुरा गर्दै किर्तिमान रचेका हुन् । टी-२० क्रिकेटमा यो छिटो शतक हुन् , जुन डेभिड मिलरसँग बराबरी हो । मिलरले बंगलादेशसँग यसै वर्ष उक्त किर्तिमान रचेका थिए ।
विष्फोटक ब्याटिङ गरेका रोहितले ११ चौका र ८ छक्का प्रहार गरेका थिए । उनि १ सय १८ रन बनाउँदै दुश्मन्था चमिराको बलमा आउट भए ।
भारत १५ ओभरको अन्त्यसम्म १ विकेट गुमाउँदै १ सय ९६ रनको अवस्थामा छ । के एल राहुल ६२ तथा महेन्द्र सिंह धोनी १२ रनमा क्रिजमा छन् ।
January 14, 2025
धनगढी (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप टि ट्वान्टी महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन एपिएफ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्। दिनको दोस्रो खेलमा एपिएफले कर्णाली प्रदेशलाई १ सय ११ रनले हरायो। फाप्ला क्रिकेट मैदानमा १ सय ८३ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर ७१ रनमात्र बनाउन सक्यो । कर्णालीबाट दिक्षा पुरीले सर्वाधिक […]
January 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जय ट्रफी पुरुष एलिट कपको फाइनलको पहिलो दिन मंगलवार खराब मौसमको कारण १७ ओभरको खेल मात्र सम्भव भएको छ। वीरगंजमा मौसमले प्रभाव पारेको खेलमा नेपाल पुलिस क्लबले १७ ओभरमा २ विकेट गुमाएर ८५ रन बनायो। उसका लागि कुशल भुर्तेलले पहिलो दिन अविजित अर्धशतकीय पारी खेले। मौसमको लारण टस ढिला भयो। टस जितेको […]
January 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा सन्दीप लामिछानेसहिय ७ खेलाडी विक्री भएनन् । लाहोरमा सोमवार भएको अक्सनमा कुनै पनि नेपाली खेलाडीलाई लिन टोलीहरुले चासो देखाएनन् । सन्दीपले डायमन्ड तथा आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा र सोमपाल कामी सिल्भर क्याटागोरीमा समावेश थिए। गत संस्करणमा पनि नेपाली खेलाडीलाई पिएसएलका […]