default_image

7 years ago

December 22, 2017

काठमाडौं पोखरासँग पराजित, प्ले अफको सम्भावना कठिन

92 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले आफ्नो दोस्रो जित दर्ता गरेको छ ।


शुक्रबार भएको खेलमा काठमाडौं किङ्स इलेभेनलाई ६ विकेटले पराजित गर्दै पोखराले लिगमा दोस्रो जित दर्ता गर्‍यो । दोस्रो खेलमा पोखरा विराटनगरसँग पराजित भएको थियो । काठमाडौंको भने चौथो खेलमा यो तेस्रो हार हो ।

काठमाडौंले बिहिबार चितवन टाइगर्सलाई ३ विकेटले पराजित गरेको थियो । काठमाडौं पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा भैरहवा ग्ल्याडिएटर्ससँग समान ७ विकेटले पराजित भएको थियो । तेस्रो हारसँगै काठमाडौंको प्ले अफमा पुग्ने सम्भावना झिनो बनेको छ ।

काठमाडौंले दिएको ९९ रनको लक्ष्य पोखराले १८.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो । पोखराको जितमा इसरारुलाहले सर्वाधिक ४५ रनको योगदान दिए । कप्तान शक्ति गौचन १८ रनमा नटआउट रहे । कप्तान गौचनले १८ बलमा ३ चौका प्रहार गरेका थिए । इसरारुलाह र कप्तान शक्ति गौचनले पाचौं विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए ।

त्यस्तै सुनिल धमला २० रनमा आउट भए भने राजेश पुलामी ८ रनमा आउट भए । विनोद भण्डारी ४ रनमा विक्रम भुसालको बलमा सोमपाल कामीबाट क्याच आउट भए भने आसिफ अली ३ रनमा आउट भएका थिए । काठमाडौंका लागि सागर पुनले २ तथा विक्रम भुषालले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो ।काठमाडौंका लागि ओपनर सागर पुनले सर्वाधिक ३६ रन बनाए । राजु रिजालले १७ तथा सोमपाल कामीले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् ।

अघिल्लो खेलमा राम्रो खेलेका ओपनर अमित श्रेष्ठ गोल्डेन डकआउट भए । कप्तान फरवेज महारुफ पनि शुन्य रनमा आउट भए । अक्षु फर्नान्डो ७ र अमरसिंह राउटेल ६ रनमा आउट भए भने सिद्धान्त लोहनी ४ रनमा आउट भएका थिए । पोखरा राइनोजका कप्तान शक्ति गौचन, विक्रम सोव र सुसन भारीले समान २ विकेट लिए । ताज वाली र इसरारुलाहले समान १ विकेट लिएका थिए ।

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

Success

Thank you for your time.