7 years ago
December 21, 2017
धनगढी (हाम्रो खेलकुद) – थाइल्याण्डमा भएको इस्टर्न रिजन एसीसी यु–१६ क्रिकेट प्रतियोगिताको विजेता बनेको नेपाली टोलीका दुई खेलाडी नारायण जोशी र सुवोध ऐर गृहनगर धनगढीमा सम्मानित भएका छन् ।
सुदुरपश्चिमाञ्चल एकेडेमी र धनगढी क्रिकेट एकेडेमीको संयुक्त आयोजनामा यु–१६ टोलीका सदस्यद्वय नारायण जोशी र सुवोध ऐरलाई गृह जिल्लामा सम्मान गरिएको हो ।
सुदुरपश्चिमाञ्चल एकेडेमीमा आयोजना गरिएको सम्मान कार्यक्रममा खेलाडीदद्वय जोशी र ऐरलाई प्रदेश नम्वर ७ का प्रादेशिक प्रहरी प्रमुख माधव नेपाल र कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक सिंहले संयुक्त रुपमा सम्मान गरे । कार्यक्रममा दुवै खेलाडीहरुको उज्जवल भविष्यको कामना समेत गरियो ।
यसैबीच सुदुरपश्चिमाञ्चल एकेडेमी र धनगढी क्रिकेट एकेडेमीले दुई खेलाडीलाई १ वर्षको लागि भारत र श्रीलंकामा ६–६ महिनाको प्रशिक्षणको व्यवस्था गरिने घोषणा गरे ।
उनीहरुको प्रदर्शनलाई अझ निखार्न दुवैलाई निशुल्क प्रशिक्षणमा भारत र श्रीलंकामा पठाउने निर्णय भएको सुदुरपश्चिमाञ्चल एकेडेमीका निर्देशक तथा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले जानकारी गराए ।
दुवै खेलाडी धनगढी क्रिकेट एकेडेमीका उत्पादन हुन भने उनीहरु अहिले सुदुरपश्चिामाञ्चल एकेडेमीमा छात्रवृतिमा अध्ययन गरिरहेका छन् ।
इस्टर्न रिजन एसीसी यु–१६ क्रिकेट प्रतियोगिताको विजेता बनाउन नेपालका लागि नारायण जोशीको प्रदर्शन महत्वपुर्ण रहेको थियो । प्रतियोगिताभर नारायण जोशीले ११ विकेट लिएका थिए । त्यस्तै सुवोधले भने दुई खेलमा मात्र मौका पाएका थिए ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]