default_image

7 years ago

December 21, 2017

इपिएलमा काठमाडौं किङ्सको पहिलो जित

98 views

0 Bookmark

चितवन टाइगर्स ३ विकेटले पराजित

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं किङ्स इलाभेन टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताकमा पहिलो जित हासिल गरेको छ । सुरुवाती दुई खेल गुमाएको काठमाडौं किङ्सले आज चितवन टाइगर्सलाई ३ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो ।

काठमाडौं पहिलो खेलमा ललितपुर प्याट्रियट्स र भैरहवा ग्ल्याडियटर्ससँग पराजित भएको थियो । चितवनले दिएको १ सय ४३ रनको लक्ष्य काठमाडौंले १९.२ ओभरमा ७ विकेट गुमाएर पुरा ग¥यो । काठमाडौंका लागि कप्तान फरवेज महारुफले ३९ रन बनाए ।

ओपनर अमित श्रेष्ठले ३८ रनमा आउट भए । सागर कुमार २३ रनमा आउट भए । सिद्धान्त लोहनी १२ रनमा रन आउट भए । ओपनर सागर पुन ५, राजु रिजाल ४ रन र सोमपाल कामी २ रन जोडे । अमरसिंह राउटेला ५ र अक्षु फर्नान्डो ४ रनमा अविजित रहे । चितवनका प्रविन गुप्ताले २ विकेट लिए । कप्तान दीपेन्द्र सिंह ऐरी, साहव आलम र प्रविन कुमारले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पुरै ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । चितवनका लागि ओपनर दीलिप नाथले सर्वाधिक ४६ रनको बनाए । सावेज खान २७ रनमा आउट भए । योगेन्द्र सिंह कार्की १६ रनमा आउट भए । कमल सिंह ऐरी १२ तथा प्रमेश कुमार ९ रनमा नटआउट रहे । कप्तान दीपेन्द्रसिंह ऐरी ९ रनमा आउट भए ।

सन्दिप सुनार ५ तथा अनिल मण्डल २ रनमा आउट भए । काठमाडौंका कप्तान फरवेज महारुफले ३ विकेट लिए । सोमपाल कामी, सागर पुन, अमरसिंह राउटेला र विक्रम भुसालले विकेट लिए । काठमाडौंका परवेज म्यान अफ दी म्याच घोषित भए । प्रतियोगिता अन्र्तगत शुक्रबार २ खेल हुनेछन् । पहिलो खेलमा पोखरा राइनोज र काठमाडौं किङ्स इलाभेन तथा अर्को खेलमा खेलमा चितवन टाइगर्स र विराटनगर वारियर्सबीच प्रतिस्पर्धा हुनेछ ।

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

Success

Thank you for your time.