7 years ago
December 21, 2017
काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सले काठमाडौं किङ्स इलेभेनलाई जितको लागि १ सय ४३ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ४२ रन बनायो । चितवनका लागि ओपनर दीलिप नाथले सर्वाधिक ४६ रनको बनाए भने सावेज खान २७ रनमा आउट भए ।
त्यस्तै योगेन्द्र सिंह कार्की १६ रनमा भए भने कमल सिंह ऐरी १२ तथा प्रमेश कुमार ९ रनमा नटआउट रहे । कप्तान दीपेन्द्रसिंह ऐरी ९ रनमा आउट भए । सन्दिप सुनार ५ तथा अनिल मण्डल २ रनमा आउट भएका थिए ।
काठमाडौंका कप्तान फरवेज महारुफले ३ विकेट लिए । सोमपाल कामी, सागर पुन, अमरसिंह राउटेला र विक्रम भुसालले १-१ विकेट लिए ।
काठमाडौंले केही बेरमा ब्याटिङ थाल्नेछ । काठमाडौंले यसअघिका दुवै खेलमा हार बेहोरेको थियो । चितवनले पनि आफ्नो पहिलो खेलमा हार बेहोरेको थियो ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]