7 years ago
December 20, 2017
काठमाडौंको लगातार दोस्रो हार
काठमाडौं (हाम्रो खेलकुद)– भैंरहवा ग्ल्याडियटर्सले टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । काठमाडौं किङ्स इलाभेनलाई आज ७ विकेटले हराउँदै भैरहवाले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । भैरहवाले आफ्नो पहिलो खेल जित्दा काठमाडौंले भने लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।
काठमाडौंले दिएको १ सय १८ रनको लक्ष्य भैरहवाले १६.२ ओभरमा ३ विकेट गुमाएर पुरा ग¥यो । भैरहवाका लागि पुनित विष्टले सर्वाधिक ४२ रनको अविजित रनको योगदान दिए । आरिफ शेख २३ रनमा नटआउट रहे । कप्तान शरद भेषवाकर ३२ रनमा आउट भए ।
पुनित र आरिफले चौथो विकेटका लागि ३७ रनको साझेदारी गरे । ओपनर हरिशंकर शाह १४ रन बनाउँदा ओपनर प्रदिप ऐरी २ रनमा आउट भए । काठमाडौंका सोमपाल कामी र सुशिल कंडेलले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १९ रनको मध्यमा योगफल तयार पारेको थियो । काठमाडौंका लागि ओपनर अमित श्रेष्ठले २९ रन बनाए ।
सागर कुमार २८, राजु रिजाल २२ र सागर पुन १५ रनमा आउट हुँदा अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् ।
भैरहवाका लागि दिपेश श्रेष्ठले ३ विकेट लिए । कप्तान शरद भेषवाकरले २ तथा आरिफ शेख र पुनित मेहराले समान १ विकेट लिए ।
प्रतियोगिता अन्र्तगत बिहिबार दुई खेल हुनेछन् । पहिलो खेलमा ललितपुर प्याट्रियट्स र भैरहवा ग्ल्याडिएटर्स तथा दोस्रो खेलमा चितवन टाइगर्स र काठमाडौं किङ्स इलाभेनबीच प्रतिस्पर्धा हुनेछ ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]