default_image

7 years ago

December 19, 2017

पारसको विराटनगरलाई सफलता, ललितपुर ६ रनले पराजित

127 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका कप्तान समेत रहेका पारस खड्काको नेतृत्वमा रहेको विराटनगर वारियर्सले टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवा तगरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा विराटनगरले राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्रले नेतृत्व गरेको ललितपुर प्याट्रियट्सलाई ६ रनले हराएको हो ।

तस्बिरहरु : विवेक सुवेदी/ हाम्रो खेलकुद

विराटनगरका खेलाडी ललितपुरका खेलाडीको क्याच लिदै ।

ललितपुरको यो पहिलो हार हो । यसअघि सोमबार भएको पहिलो खेलमा ललितपुरले काठमाडौं किङ्स इलाभेनलाई ७ विकेटले पराजित गरेको थियो । विराटनगरले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको ललितपुर पुरै ओभर खेल्दै ४ विकेट गुमाएर १ सय ४४ रनमात्र बनाउन सक्यो । ललितपुरका लागि पवन सर्राफले अर्धशतक बनाए । तर, टोलीले सफलता प्राप्त गर्ने सकेन ।

४५ बल खेलेका पवन ६ चौका र १ छक्कासहित ५१ रन बनाए । योगेश नागर २७ रनमा आउट भए । पवन र योगेशले तेस्रो विकेटको लागि ७५ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । कुशल भुर्तेल २० रनमा अविजित रहे । जयकिसन कोल्सावाला १२ रनमा आउट भए ।

जयकिसन करण केसीको बलमा अन्सुमन रथबाट क्याच आउट भए । मेहबुब आलम १३ रनमा अविजित रहे । कप्तान ज्ञानेन्द्र १ रनमा वसन्त रेग्मीको बलमा अनिल कुमार शाहबाट क्याच आउट भए । विराटनगरका कप्तान पारस, अन्सुमान रथ, करण केसी र वसन्त रेग्मीले समान १ विकेट लिए ।

जितपछि विराटनगरका खेलाडी ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५० रनको योगफल तयार पारेको थियो । टोलीका लागि अनिलले अविजित सर्वाीधक ४७ रनको बनाए । ३५ बल खेलेका अनिलले २ चौका र ३ छक्का प्रहार गरे । पारसले ३८ रन जोडे ।

हङकङका बबर हायातले ३४ रन बनाए । उनले २५ बलमा ५ चौका र १ छक्का प्रहार गरे । उनी सन्दिप लामिछानेको बलमा एलबिडब्लुको शिकार भए । बबर र अनिलले चौथो विकेटको लागि ७१ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । अन्सुमान रथ १४ रनमा सन्दिपको बलमा कुशल भुर्तेलबाट क्याच आउट भए ।

विराटनगरका ओपनर आशिफ शेख ४ रनमा आउट भए । ललितपुरका सन्दिपले २ तथा सुवोध कुमार भाटी र योगेश नागरले समान १ विकेट लिए । प्रतियोगिता अन्र्तगत बुधबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा विराटनगर र पोखरा राइनोज तथा दोस्रो खेल भैरहवा ग्ल्याडियटर्स र काठमाडौं किङ्स इलाभेनबीच हुनेछ ।

May 1, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।

May 1, 2025

पुलिस र आर्मी फाइनल खेल्ने

विराटनगर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब विराटनगरमा जारी मनमोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।  पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा पुलिसले १ सय ५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने […]

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

Success

Thank you for your time.