default_image

7 years ago

December 18, 2017

अस्ट्रेलियालाई एसेज श्रृंखला

67 views

0 Bookmark

पर्थ (एजेन्सी)– अस्ट्रेलियाले इङ्ल्यान्डविरुद्धको एसेज श्रृखंला जितेको छ । ५ टेस्ट श्रृंखलाको तेस्रो खेल आज एक इनिङ्स र ४१ रनले जित्दै अस्ट्रेलियाले ३–० को अग्रता लिएको छ । जोस हाजेलउडले ४८ खर्चेर ५ विकेट लिएपछि इङ्ल्यान्ड दोस्रो इनिङ्समा २ सय १८ रनमा अलआउट भएको थियो ।

 

 

योसँगै चौथो भ्रमणमा अस्ट्रेलियाले इङ्ल्यान्डविरुद्धको एसेज तेस्रो पटक ५–० ले जित्ने सम्भावना बढेको थियो । यो टेस्टमा अस्ट्रेलियाले पहिलो इनिङ्समा ९ विकेटको क्षतिमा ६ सय ६२ रन बनाउँदै इनिङ समाप्तीको घोषणा गरेको थियो । जसमा कप्तान स्टिभ स्थिमले २ सय ३९ र मिलेच मार्सले १ सय ८१ रन बनाएका थिए ।

इङ्ल्यान्डले पहिलो इनिङ्समा ४ सय ३ रन बनाएको थियो । डाविन मालानले टेस्टमा पहिलो इनिङ्समा शतक बनाए भने दोस्रो इनिङ्समा ५४ रन बनाएका थिए । दोस्रो इनिङ्समा एक समय ४ विकेटको क्षतिमा १ सय ३२ रन बनाएको इङ्ल्यान्डले बाँकी ६ विकेट गुमाउँदा ८६ रन मात्र जोडेको थियो ।

March 15, 2025

थन्डर ११ इन्डो- नेपाल टि ट्वान्टीको फाइनलमा

हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २‌ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]

March 15, 2025

मधेशलाई आइजिपी कपको उपाधि

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

Success

Thank you for your time.