default_image

7 years ago

December 18, 2017

टीभीएस इपिएलमा ललितपुर प्याट्रियट्सको विजयी सुरुवात

100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टीभीएस एभरेष्ट प्रिमियर लिग (इपिएल) को पहिलो खेल ललितपुर प्याट्रियट्सले जितेको छ । इपिएल टी–ट्वान्टी क्रिकेटमा आज काठमाडौं किङ्स एलाभेनलाई ७ विकेटले हराउँदै ललिपुरले विजयी सुरुवात गरेको हो । काठमाडौंले दिएको ९० रनको लक्ष्य ललितपुरले १६.३ ओभरमा ३ विकेट गुमाएर पुरा ग¥यो ।

ललितपुरको जितमा भारतीय खेलाडी जयकिसन कोल्सावालाले सर्वाधिक नटआउट ४४ रन बनाए । ४७ बल खेलेका जयकिसनले ४ चौका र २ छक्का प्रहार गरे । राजवीर सिंह १४ रनमा अविजित रहे । जयकिसन र राजवीरले चौथो विकेटका लागि २६ रनको साझेदारी गरे । कप्तान ज्ञानेन्द्र मल्ल २० रनमा आउट भए । ३० बलको सामना गरेका ज्ञानेन्द्रले २ चौका प्रहार गरे । भारतीय योगेश नागर २ रनमा आउट भए ।

ओपनर पवज सर्राफ शुन्य रनमा पहिलो विकेटको रुपमा आउट भएपनि कप्तान ज्ञानेन्द्र र जयकिसान दोस्रो विकेटको लागि ५४ रनको साझेदारी गर्दै टोलीको जितको आधार तयार पारेका थिए । काठमाडौंका लागि श्रीलंकन अक्षु फर्नान्डोले २ र सोमपाल कामीले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले १८.३ ओभरमा सबै विकेट गुमाएर ८९ रनमात्र बनाएको थियो ।

काठमाडौको दोस्रो ओभरमा नै विकेट गएको थियो । ७ रन बनाएको अवस्थामा पहिलो विकेटको रुपमा सागर पुनलाई गुमाएको काठमाडौंले तेस्रो ओभरमा नरेश बुढाएरलाई शुन्य रनमा गुमाएको थियो । २३ रन जोडेको अवस्थामा काठमाडौले आफ्नो महत्वपूर्ण विकेट गुमायो । कप्तान महरुफ परवेजलाई काठमाडौंले ७ रनमा गुमायो । ९ बलको सामना गरेका महरुफले १ छक्का प्रहार गरे । महरुफ मेहबुब आलमको बलमा पवनबाट क्याच आउट भए ।

काठमाडौंका लागि अमित श्रेष्ठले सर्वाधिक २७ रन बनाए । २८ बलको सामना गरेका अमितले ४ चौका प्रहार गरे । श्रीलंकन अक्षु १५ रनमा आउट भए । सोमपाल १४ रनमा रनमा आउट बनाए । कप्तान महरुफ र सुवोध कुमारले समान ७ रन बनाए । सोमपाल र अक्षुले सातौ विकेटको लागि ४० रनको साझेदारी गर्दै इनिङ्स उकासेपनि उनीहरुको साझेदारी तोडिएपछि काठमाडौं निरिह बन्यो ।

त्यसपछि ब्याटिङमा आएका सिद्धान्त लोहनीले ५ रन बनाए । ओपनर सागर पुन समान ४ रनमा आउट भए । नरेश बुढाएर, राजु रिजाल र जितेन्द्र मुखिया शुन्य रनमा आउट भए ।ललितपुरका लागि सुवोध भाटीले सर्वाधिक ४ विकेट लिए । भाटीले ३.३ बलमा १५ रन खर्चदै ४ विकेट लिए । यस्तै ललित नारायण राजवंशीले ४ ओभरमा १४ रन खर्चदै ३ विकेट लिए । मेहबुव आलमले २ विकेट लिदा योगेश नागरले १ विकेट लिए । ललितपुरका ललित नारायण म्यान अफ दी म्याच घोषित भएर उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्र्तगत मंगलबार दुई खेल हुनेछ पहिलो खेलमा चितवन टाइगर्सले र पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्दा विराटनगर वारियर्सले ललितपुर प्याट्रियट्ससँग खेल्नेछ । पुस १५ गते सम्म चल्ने एपिएलको विजेताले उपाधिसहित २१ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

April 30, 2025

पन्जाब किङ्सलाई सामान्य चुनौती

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]

April 30, 2025

पन्जाबले टस जित्यो

एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।

Success

Thank you for your time.