7 years ago
December 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – टीभीएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा काठमाडौं किङ्स एलाभेनले ललितपुर प्याट्रियट्सलाई ९० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं १८.३ ओभरमा सबै विकेट गुमाएर ८९ रन मात्र बनाउन सक्यो ।
काठमाडौको दोस्रो ओभरमा नै विकेट गएको थियो । ७ रन बनाएको अवस्थामा पहिलो विकेटको रुपमा सागर पुनलाई गुमाएको काठमाडौंले तेस्रो ओभरमा नरेश बुढाएरलाई शुन्य रनमा गुमाए । २३ रन जोडेको अवस्थामा काठमाडौले आफ्नो महत्वपूर्ण विकेट गुमायो । कप्तान महरुफ परवेजलाई काठमाडौंले ७ रनमा गुमायो । ९ बलको सामना गरेका महरुफले १ छक्का प्रहार गरे । महरुफ मेहबुब आलमको बलमा पवन सर्राफबाट क्याच आउट भए ।
काठमाडौंका लागि अमित श्रेष्ठले सर्वाधिक २७ रन बनाए । २८ बलको सामना गरेका अमितले ४ चौका प्रहार गरे । श्रीलंकन अक्षु फर्नान्डो १५ रनमा आउट भए । सोमपाल कामी १४ रनमा रनमा आउट बनाए । कप्तान महरुफ फरवेज र सुवोध कुमारले समान ७ रन बनाए । सोमपाल र अक्षुले सातौ विकेटको लागि ४० रनको साझेदारी गरे ।
सिद्धान्त लोहनी ५ रनमा आउट भए । ओपनर सागर पुन समान ४ रनमा आउट भए । नरेश बुढाएर शुन्य रनमा आउट भए । ललितपुरका लागि सुवोध भाटीले सर्वाधिक ४ वकेट लिए । ललित नारायण राजवंशीले ३ तथा मेहबुव आलमले २ विकेट लिदा योगेश नागरले १ विकेट लिए । नरेश बुढाएर, राजु रिजाल र जितेन्द्र मुखिया शुन्य रनमा आउट भए ।
May 1, 2025
विराटनगर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब विराटनगरमा जारी मनमोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा पुलिसले १ सय ५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने […]
May 1, 2025
एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]
April 30, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]