7 years ago
December 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – टीभीएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिता आज कीर्तिपुरस्थित विश्वविद्यालयको मैदानमा आज सुरु भएको छ ।
पहिलो खेल काठमाडौं किङ्स इलाभेन र ललितपुर प्याट्रियट्सबीच भइरहेको छ । ललितपुरले टस जितेर काठमाडौं किङ्स इलाभेनका ब्याटिङको निम्तो दिएको छ । श्रीलंकाका पूर्व खेलाडी परवेज महरुफको कप्तीनमा काठमाडौं किङ्स उर्तेको छ । टोलीमा सोमपाल कामी, जितेन्द्र मुखिया, नरेश बुढाएर, राजु रिजाल, सुशिल कँडेल, विक्रम भुसाल, अमित श्रेष्ठ, सागर पुन अक्ष फर्नान्डो र भारतका सागर कुमार जस्ता खेलाडी छन् ।
ललितपुरको कप्तानी राष्ट्रिय टोलीका उप कप्तान ज्ञानेन्द्र मल्लले गरेका छन् । ज्ञानेन्द्रको नेतृत्वमा रहेको टोलीमा सोनु तामाङ, शंकर राना, राजवीर सिंह, सन्दीप जोरा लगायत इण्डियन प्रिमियर लिग(आइपिएल) टोली दिल्ली डेर डेभिल्सबाट खेलिसकेका योगश नागर लगायतका खेलाडी छन् । सुबोध भाटी र जयकिशन अनिलकुमार कोल्सवाला, सन्दीप लामिछाने, कुशल भुर्तेल, रसिद खान, पवन सर्राफ, ललित राजवंशी जस्ता खेलाडीको ललितपुरलाई साथ छ ।
May 1, 2025
एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]
April 30, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]
April 30, 2025
एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।