7 years ago
December 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) को टोली विराटनगर वारियर्सले टिमको कप्तानमा राष्ट्रिय टिमका कप्तान पारस खड्कालाई नियुक्त गर्दै टिमको घोषणा गरेको छ ।
विराटनगर वारियर्सले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पारसको कप्तानीम उप–कप्तान वसन्त रेग्मी र हङकङका तीन खेलाडी अन्सुमान रथसहित १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
पारस र वसन्तसँगै टोलीमा अन्सुमान रथ, करण केसी, अविनाश कर्ण, आसिफ सेख, रामनरेश गिरी, पुष्प थापा, अनिलकुमार शाह, सुमित महर्जन, प्रनित थापामगर, आकास विष्ट छन् । हङकङका कप्तान बबर हायात सोमबार टिममा समावेश हुने क्लबले जनाएको छ । टोलीको प्रायोजकमा एनआइसी एशिया बैंक, स्निकर्स र हाईलाइफ फुटवयरले रहेका छन् ।
नेपालको क्रिकेट तथा खेलकुदको विकासका साथै नवप्रतिभालाई प्रोत्साहन र समर्थन गर्न विराटनगरका स्थानिय उद्योगी तथा प्रतिष्ठित व्यवसायीद्धारा बिराटनगर वारियर्स प्रवर्धन गरिएको छ । उत्कृष्ट प्रदर्शनका साथ उपाधि जित्नेमा आफुहरु आशावादी रहेको पारसले बताएका छन् । ६ टोलीको सहभागिता इपिएल सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।
May 1, 2025
एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]
April 30, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]
April 30, 2025
एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।