7 years ago
December 17, 2017
विशाखापट्नम (एजेन्सी)– भारतले श्रीलंकाविरुद्धको तीन एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको उपाधि जितेको छ । अन्तिम तथा निर्णायक खेलमा आज श्रीलंकालाई ८ विकेटले हराउँदै भारतले श्रृखंलामाथि कब्जा जमाएको हो । २ सय १६ रनको लक्ष्य पछ्याएको भारतका लागि ओपनर शिखर धवनले अविजित शतकको शानदार इनिङ खेलेपछि जित सहज भएको थियो ।
भारतले १७ भन्दा बढी ओभर बाँकी रहँदा २ विकेटको क्षतिमा २ सय १९ रन बनाउँदै सहजै नतिजा आफ्नो पक्षमा पारेको थियो । अघिल्लो खेलमा दोहोरो शतक बनाएका कार्यवहाक कप्तान रोहित शर्मा (७ रन) सस्तैमा आउट भएपनि शिखरले टोलीको ब्याटिङ मोर्चा सम्हालेका थिए ।
शिखरलाई श्रेयस एयर र दीनेश कार्कीले राम्रो साथ दिएका थिए । श्रेयसले अर्धशतक पुरा गरे । ८५ बल खेलेका शिखले १३ चौका र ६ छक्काको मद्दतमा अविजित सय रन बनाए । श्रेयसले ६३ बलमा ८ चौका र १ छक्काको मद्दतमा ६५ रन बनाए । दीनेश २६ रनमा अविजित रहे । श्रीलंकाका लागि अकिला धनन्जय र थिसारा परेराले समान १ विकेट लिए ।
त्यसअघि भारतले टस जितेर श्रीलंकालाई पहिले ब्याटिङको निमन्त्रणा दिएको थियो । श्रीलंकाले उत्कृष्ट सुरुआत गरेपनि अन्तिमसम्म उच्च प्रदर्शनलाई निरन्तरता दिन सकेन । श्रीलंकाले ४४.५ ओभरमा सबै विकेट गुमाएर २ सय १५ रन जोड्यो । ओपनर उपुल थारगांको अर्धशतक पुरा गरेको खेलमा साडिरा सामाराविक्रमाले ४२, एन्जेलो म्याथुज र एसेला गुनारत्ने समान १७ र दानुस्का गुनातिलाका १३ रन बनाएका थिए ।
अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । थारगां शतक बनाउन ५ रनले चुकेका थिए । ८२ बल खेल्दै उनले १२ चौका र ३ छक्काको मद्दतमा ८२ रन बनाएका थिए । एक समय २ विकेटको क्षेतिमा १ सय ३६ रन बनाएको श्रीलंकाले बाँकी ८ विकेट गुमाउँदा ७९ रनमात्र जोड्न सक्यो ।
घरेलु टोलीका लागि कुलदीप यादव र युजभेन्द्र चाहालले समान ३, हार्दिक पाण्डेयले २ तथा भूवनेश्वर कुमार र जसप्रित बुम्रराहले समान १ विकेट लिएका थिए । पहिलो खेलमा श्रीलंका विजयी भएपनि दोस्रो खेलमा कार्यवहाक कप्तान रोहित शर्माको कीर्तिमानी दोहोरोका साथ खेल जित्दै खेलमा १–१ को बराबरी गरेको थियो । पहिलो खेल श्रीलंकाले ७ विकेटले र दोस्रो खेल भारतले १ सय ४१ रनले जितेको थियो । एक दिवसिय पछि यी दुई टोलीबीच तीन वटा टि ट्वान्टी खेल हुनेछ । पहिलो टि ट्वान्टी खेल बुधबार हुनेछ ।
May 1, 2025
एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।
May 1, 2025
विराटनगर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब विराटनगरमा जारी मनमोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा पुलिसले १ सय ५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने […]
May 1, 2025
एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]