7 years ago
December 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – टीभीएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण सोमबारबाट राजधानीमा सुरु हुदैछ । आयोजक इपिएलले आइतबार पत्रकार सम्मेलन गर्दै इपिएलको ट्रफी सार्वजनिक गरेको छ । ट्रफी इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तर, सहभागी ६ टोलीका र मालिकले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।
तस्बिरहरु विविके सुवेदी/ हाम्रो खेलकुद
ट्रफी सार्वजनिक कार्यक्रममा भारतका क्रिकेट कमेन्टेटर अरुण लाल र अमृत माथुरको प नि सहभागिता थियो । उनीहरुले नेपालमा क्रिकेटको सम्भावना रहेको उल्लेख गर्दै एक महिनाअघि उमेर समूहमा भारतलाई हराएको स्मरण गर्दै यस्ता खाले प्रतियोगिताहरुले युवा प्रतिभा र जुनियर खेलाडीले आफ्नो क्षमता देखाउन पाउने प्ल्याटफर्म हुने बताए ।
कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौं किङ्स इलाभेन, ललितपुर प्याट्रियट्स, भैरहवा ग्लाडियर्टस, विराटनगर वारियर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी ६ टोलीले १३ दिन सम्म प्रतिस्पर्धा गर्नेछन् । काठमाडौं किङ्स इलाभेन र ललितपुर प्याट्रियट्सबीच प्रतियोगिताको उद्घाटन खेल हुनेछ । दुवै टोली मैदानमा सुखद सुरुवातको पखाईमा छन् । प्रतियोगिताको उद्घाटनपछि ११ बजे पहिलो खेल हुनेछ ।
काठमाडौंले श्रीलंकाका अन्तर्राष्ट्रिय खेलाडी परवेज महारुफलाई कप्तानको जिम्मेवरी दिएको छ । महारुफले श्रीलंकाका लागि १ सय ९ एक दिवसीय,२२ टेस्ट र २ टि ट्वान्टी खेलेका छन् । काठमाडौंका कप्तान परवेज महारुफले आफुले पाएको जिम्मेवारीलाई अविस्मरणीय बनाउने बताए ।
‘म काठमाडौं पहिलोपटक आएको हु । अझै मलाई कप्तानको जिम्मेवारी छ । टिम निकै बलियो देखेको छु ’ परवेजले भने, ‘टिममा युवा जोश छ । प्रतियोगिताको उपाधि जित्ने हाम्रो लक्ष्य हो । हामी सोमबार ललितपुरलाई पराजित गर्दै राम्रो शुरुवात गर्न चहान्छौं ।’ टोलीमा सोमपाल कामी, जितेन्द्र मुखिया, नरेश बुढाएर, राजु रिजाल, सुशिल कँडेल, विक्रम भुसाल, अमित श्रेष्ठ, सागर पुन अक्ष फर्नान्डो र भारतका सागर कुमार जस्ता खेलाडी छन् ।
ललितपुर प्याट्रियट्सका कप्तान ज्ञानेन्द्र मल्लले प्रतियोगितामा सहभागिता जनाएको सबै टोली प्रतियोगिताको उत्तिकै दाबेदार रहेको बताएका छन् । ‘प्रतियोगितामा सहभागी सबै टोली उपाधिको दाबेदार हुन् । राष्ट्रिय टोली युएईविरुद्धको खेलका लागि व्यस्त भएकोले लामो समय अभ्यास गर्न पाएनौं । तर, चार–पाँच दिनको समयमा हामीले राम्रो तयारी गरेका छौं ’ टोलीको मार्की खेलाडी समेत रहेका कप्तान ज्ञानेन्द्रले भने, ‘हाम्रो सबल पक्ष नै टिम सन्तुलित हो । काठमाडौं किङ्सविरुद्ध जितका लागि खेल्नेछौं ।’
ज्ञानेन्द्रले तयारी राम्रै भएपनि जितबाट सुरुआत गर्न सहज नहुने बताए । ज्ञानेन्द्रको नेतृत्वमा रहेको टोलीमा सोनु तामाङ, शंकर राना, राजवीर सिंह, सन्दीप जोरा लगायत इण्डियन प्रिमियर लिग(आइपिएल) टोली दिल्ली डेर डेभिल्सबाट खेलिसकेका योगश नागर लगायतका खेलाडी छन् । सुबोध भाटी र जयकिशन अनिलकुमार कोल्सवाला, सन्दीप लामिछाने, कुशल भुर्तेल, रसिद खान, पवन सर्राफ, ललित राजवंशी जस्ता खेलाडीको ललितपुरलाई साथ छ ।
May 1, 2025
विराटनगर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब विराटनगरमा जारी मनमोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा पुलिसले १ सय ५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने […]
May 1, 2025
एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]
April 30, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]