default_image

7 years ago

December 17, 2017

एसीसी यु १६ इस्टर्न रिजन क्रिकेट फाइनल – नेपालले सिंगापुरलाई १ सय ८४ रनको लक्ष्य दियो

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल थाइल्यान्डमा जारी एसीसी यू–१६ इष्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा सिंगापुरलाई १ सय ८४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । बैंककको ट्रेड थाइ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको छ ।

नेपालका लागि विशाल विक्रम केसीले अर्धशतक पुरा गरे । ७९ बलको सामना गरेका विशालले ४ चौका र १ छक्काका साथ ६३ रन बताए । नियमित कप्तान रित गौतम आजको खेलमा टोलीमा समावेश नभएपछि विशालले नै कप्तानी सम्हालेका छन् । चौंथो नम्बरमा ब्याटिङ गरेका विशालले छैठौं विकेटका लागि नारायण जोशीसँग मिलेर ३३ बलमा ४८ रनको साझेदारी गरे । त्यसअघि विशालले पाँचौ विकेटका लागि सुनिल भण्डारीसँग ६९ बलमा ४२ रनको साझेदारी निभाए ।

नारायण ४६ रनमा अविजित रहे । २३ बलको सामना गरेका नारायणले ५ चौका र १ छक्का प्रहार गरेका थिए । सुवास ऐर २२, तृतराज दास १९, सुनिल भण्डारी १५ रन बनाएर आउट भए भने प्रतिश जिसी १० रनमा अविजित रहे । कुशल मल्लले खाता खोल्न सकेनन् भने राजन मगर ३ रन जोडे । सिंगापुरका इसान सनेले २ विकेट लिए । सिंगापुरले अहिले जवाफी ब्याटिङ गरिहेको छ ।

 

 

March 15, 2025

थन्डर ११ इन्डो- नेपाल टि ट्वान्टीको फाइनलमा

हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २‌ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]

March 15, 2025

मधेशलाई आइजिपी कप क्रिकेट उपाधि

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको‌ भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

Success

Thank you for your time.