7 years ago
December 17, 2017
विशाखापट्नम (एजेन्सी)– भारत र श्रीलंकाबीचको तीन एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको अन्तिम तथा निर्णायक खेल आज हुँदैछ । पहिलो खेलमा श्रीलंका विजयी भएपनि दोस्रो खेलमा कार्यवहाक कप्तान रोहित शर्माको कीर्तिमानी दोहोरोका साथ खेल जित्दै खेलमा १–१ को बराबरी गरेको थियो ।
अघिल्ला दुई खेलमा लयमा देखिएका एन्जलो म्याथुज श्रीलंकाका लागि महत्वपूर्ण खेलाडीका रुपमा हेरिएको छ । पहिलो खेलमा अविजित २५ र दोस्रोमा अविजित १ सय ११ रन बनाएका म्याथुजले आजको खेलमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
खेलको अघिल्लो दिन शनिबार श्रीलंकाका कप्तान थिसारा परेराले जितको अपेक्षा राखेका छन् । हामी केही विशेष गर्नेमा आशावादी छौं , उनले भने, किनकी यहाँ र हाम्रो देशको मौसम पनि मिल्दो जुल्दो छ । दोस्रो खेलमा हामीले योजना अनुसारको बलिङ गर्न सकेनौं । तर, आज बलरहरुले उच्च प्रदर्शन गर्ने अपेक्षा राखेका छौं ।
पहिलो खेल श्रीलंकाले ७ विकेटले र दोस्रो खेल भारतले १ सय ४१ रनले जितेको थियो । यद्दपी यो वर्ष श्रीलंकाको प्रदर्शन निकै कमजोर रहेको छ । २८ एक दिवसयमा २२ हारेको श्रीलंकाले दक्षिण अफ्रिका, पाकिस्तान र भारतसँगको श्रृखंला समान ५–० ले गुमाएको थियो । एक दिवसिय पछि यी दुई टोलीबीच तीन वटा टि ट्वान्टी खेल हुनेछ ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]