default_image

7 years ago

December 16, 2017

अन्तर्रााष्ट्रिय ह्विलचेयर त्रिकोणीय टि–२० क्रिकेट सिरिजको उपाधि नेपाललाई

69 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले प्रथम अन्तर्रााष्ट्रिय ह्विलचेयर त्रिकोणीय टि–२० क्रिकेट सिरिजको उपाधि रक्षा गरेको छ । शनिबार भएको फाइनल खेलमा बंगलादेशलाई ५४ रनले पराजित गर्दै नेपालले त्रिकोणात्मक सिरिजको उपाधि रक्षा गरेको हो ।


त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको बंगलादेश १८.२ ओभरमा सबै विकेट गुमाएर १ सय ६ रनमा समेटियो । बंगलादेशका मोर्सद आलमले सर्वाधिक २० रन बनाए । उज्जवल बैरागीले १७, रिप्पोन उद्दिनले १३ र राजोन हुसेनले ११ रन बनाए । नेपालका विपिन पौड्यालले ३ विकेट लिएका थिए । विष्णु अधिकारी, राम बहादुर तामाङ र हिमाल अर्यालले समान १-१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले डिगम चेम्जोङ लिम्बुको नटआउट ७९ रनको मद्दतमा निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो । ६२ बल खेलेका डिगमले १० चौका प्रहार गरे । यस्तै नविन राई ५९ रनमा आउट भए । बंगलादेशका रिपोन उद्दिनले २ तथा मोर्सद आलमले १ विकेट लिए ।

त्रिकोणत्मक सिरिजमा नेपाल अपराजित रहने एक्लो टोली हो । नेपालले समूह चरणमा बंगालदेश र भारतलाई पराजित गरेको थियो । नेपालका डिगम चेम्जोङ लिम्वु म्यान अफ दि सिररिज घोषित भए । नविन राई उत्कृष्ट ब्याट्सम्यान, विपिन पौड्याल उत्कृष्ट बलर र राजु गुरुङ उत्कृष्ट विकेट किपर घोषित भए । सबै खेलाडिहरुले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे । विजयी टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले पुरस्कृत गरे ।

November 18, 2024

चितवनको जर्सी, एन्थम र मस्कट सार्वजनिक

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर(एनपिएल) को फ्रेन्चाइजी चितवन राइनोजले टोलीको जर्सी, एन्थम तथा मस्कट सार्वजनिक गरेको छ । सोमवार चितवनले एक कार्यक्रमका बीच टोलीको जर्सी, एन्थम र मस्कट सार्वजनिक गरेको हो । चितवनका मार्की खेलाडी कुशल मल्ल तथा भरतपुर महानगरपालीकाकी मेयर रेणु दाहालले जर्सी, एन्थम तथा मस्कट सार्वजनिक गरेका हुन् । चितवनको मस्कटमा […]

November 18, 2024

जनकपुर बोल्ट्सको जर्सी सार्वजनिक

जनकपुर (हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले आधिकारिक जर्सी सार्वजनिक गरेको छ । मधेश प्रदेश खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवाल र जनकपुर बोल्ट्सका मार्की खेलाडी आशिफ शेखले संयुक्त रुपमा जनकपुरमा सोमवार साँझ  जर्सी अनावरण  गरे। मन्त्री जयसवालले मधेश प्रदेशको माटोले अन्तर्राष्ट्रिय राष्ट्रिय खेलाडी देशलाई दिएको उल्लेख […]

November 18, 2024

लुम्बिनीले १० दिनमा ७ खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार खेल तालिका सार्वजनिक गरेको छ । क्यानले मंसिर १५ देखि पुष ६ गते (नोभेम्बर ३० देखि डिसेम्बर २१) सम्म संचालन गर्नेछ । एनपिएलको लिग चरणको खेल पुष १ गतेसम्म हुनेछ । यसका लागि लिग चरणको १७ दिनमा २ […]

Success

Thank you for your time.