default_image

7 years ago

December 16, 2017

नेपालविरुद्ध मलेसिया १ सय २८ रनको लक्ष्य पछ्याउँदै

82 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले थाइल्यान्डमा जारी एसीसी यु १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा मलेसियालाई १ सय २८ रनको लक्ष्य दिएको छ । टेर्ड थाई मैदानमा जारी खेलमा वर्षाको कारण खेल ढिला सुरु भएपछि १ ओभर खेल घटाइएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेटको नोक्सानीमा १ सय २७ रन बनाएको थियो ।

दबाबकाबीच नेपालले ६७ रन बनाउँदा ५ विकेट गुमाएको थियो । तल्लो क्रमका ब्याट्सम्यानले मोर्चा सम्हालेपछि नेपालले मध्यम स्कोर खडा गरेको थियो । आठौं नम्बरमा ब्याटिङ गरेका प्रतिश जिसीले टोलीका लागि सर्वाधिक २५ रन जोडे । उनले २२ बलमा १ छक्का र १ चौका प्रहार गरे । नारायण जोशी र सुनिल भण्डारीले समान १७ रन बटुले ।

ओपनर कुशल मल्ल ६ र राजन मगर ११ रन बनाए । त्यसपछि ब्याटिङ गर्न पुगेका विक्रम केसीले १५ रन जाडे । म्यानमार विरुद्ध शतक पुरा गरेका कप्तान रित गौतमले ११ रन मात्र बनाए । त्रितराज दासले १३ रन थले । मलेसियाको लागि मोहम्मद अफिकले सबैभन्दा बढी ३, असलम खानले २ विकेट लिए ।

समूह चरणका सबै ३ खेल जितेको नेपाल समूह एको विजेता र मलेसिया समूह बीको उपविजेताका रुपमा अन्तिम चारमा पुगेका छन् । नेपालले समूह चरणको अन्तिम खेलमा म्यानमारलाई ३ सय ३७ रनले हराउनुअघि थाइल्यान्डलाई १ सय ३३ र हङकङलाई ४ विकेटले हराएको थियो ।

मलेसियाले समूह चरणका ३ मध्ये २ खेलमा जित र अर्कोमा हार बेहोरेको थियो । पहिलो खेलमा सिंगापुरसँग २९ रनले पराजित मलेसियाले त्यसपछिका दुई खेलमा चीनलाई ४ विकेट र भुटानलाई १ सय ७१ रनले हराएको थियो ।

March 15, 2025

थन्डर ११ इन्डो- नेपाल टि ट्वान्टीको फाइनलमा

हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २‌ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]

March 15, 2025

मधेशलाई आइजिपी कप क्रिकेट उपाधि

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको‌ भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

Success

Thank you for your time.