7 years ago
December 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले थाइल्यान्डमा जारी एसीसी यु १६ ९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
समूह चरणका सबै ३ खेल जितेको नेपाल समूह एको विजेता र मलेसिया समूह बीको उपविजेताका रुपमा अन्तिम चारमा पुगेका छन् । अर्को सेमिफाइनल समूह बीको विजेता सिंगापुर र समूह एको उपविजेता हङकङबीच हुनेछ । नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार बिहान ८ः४५ बजे सुरु हुनेछ ।
नेपालले समूह चरणको अन्तिम खेलमा म्यानमारलाई ३ सय ३७ रनले हराउनुअघि थाइल्यान्डलाई १ सय ३३ र हङकङलाई ४ विकेटले हराएको थियो । अर्कोतर्फ मलेसियाले समूह चरणका ३ मध्ये २ खेलमा जित र अर्कोमा हार बेहोरेको थियो । पहिलो खेलमा सिंगापुरसँग २९ रनले पराजित मलेसियाले त्यसपछिका दुई खेलमा चीनलाई ४ विकेट र भुटानलाई १ सय ७१ रनले हराएको थियो ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]