7 years ago
December 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– डीजे मार्समेलोलाई ल्याउने भन्दै टिकट बिक्री गर्ने काठमाडौंको दरबारमार्गस्थित डेजाभू नाइट क्लबका सञ्चालकसहित ८ जना पक्राउ पर्नेमा क्रिकेट खेलाडी पृथु बास्कोटा पनि छन् ।
आज पक्राउ पर्नेमा क्लबका सञ्चालक पृथुसहित जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, डिजाइनर राजीव महर्जन, क्लबका क्याप्टेन आकाश न्यौपाने र इभेन्ट म्यानजमेन्ट कम्पनी केटिएम लाइभका रितेश माडवाडी छन् । उनीहरुलाई प्रहरीको महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । पृथु केहि दिनअघि मात्र इपिएलको सहभागि टोली चितवन चाइगर्सको कप्तान नियुक्त भएका थिए ।
६ टोलीको सहभागितामा इपिएल सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सुरु हुँदैछ । सुवास खकुरेल चोटका कारण खेल्न नसक्ने र अहिले पृथु पक्राउ परेपछि त्यसको असर चितवन टाइगर्सलाई पर्ने सम्भावना छ । पूर्व निर्धारित कार्यक्रम अनुसार मार्समेलो क्लबमा उपस्थित नभएपछि गए राति डेजाभू क्लबमा तोडफोड समेत भएको थियो । तोडफोडबाट क्लबमा क्षति पुगेको बताइएको छ ।
मार्समेलो ल्याउने भन्दै क्लबले ४ हजार भन्दा टिकट विक्री गरेको र डीजे मार्समेलोलाई क्लबमा उतार्न नसकेपछि पक्राउ गरेको जानकारी दिदै महाशाखाका प्रमुख दिवेश लोहनीले उनीहरुविरुद्ध मुद्दा चलाइने हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छ्न् । पृथुले आज विहान चितवन टाइगर्सका अन्य खेलाडीसँग मुलपानी मैदानमा अभ्यास समेत गरेका थिए ।
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]