7 years ago
December 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय ह्विलचियर क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय मैदानमा आगामी बिहीबारबाट हुने त्रिकोणात्मक श्रृखंलामा आयोजक नेपालसहित भारत र बंगलादेशको पनि सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
ह्विलचियर क्रिकेट संघको आयोजनामा हुने टि ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि नेपालले हिमाल आर्यालको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरिसकिएको संघका अध्यक्ष अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले बताए ।
सुशील कोइराला मेमोरियल फाउन्डेसनको सहयोगमा हुने प्रतियोगितामा नेपाली टोलीले उद्घाटन खेलमा बगंलादेशको सामना गर्नेछ । दोस्रो दिन भारत र बंगलादेश तथा नेपाल र भारतबीच दुई खेल हुनेछन् ।
पत्रकार सम्मेलनमा उपस्थित नेपाल ह्विलचियर क्रिकेट टोलीका केही खेलाडीसहित संघका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पा ।
राउन्ड राविनपछि शीर्ष २ टोलीले पुस १ गते फाइनल खेल्नेछन् । अपांगले पनि देशको नाम झन्डा फहराउन सक्छन् भन्ने उदाहरण दिनका लागि यो प्रतियोगिता महत्वपूर्ण हुने भन्दै कप्तान हिमालले संघलाई धन्यवाद दिए ।
उनले तयारी सन्तोषजनक भएकोले सफलताको आशा राखिएको बताए । नेपालमा रहेका तीन ह्विल चियर क्रिकेट टोलीबाट खेलाडी छनोट गरिएको संघले जनाएको छ। नेपाली टोलीले अहिले काठमाडौं क्रिकेट टे«निङ सेन्टरमा अभ्यास गरिरहेको छ ।
नेपाली ह्विलचियर क्रिकेट टोली
हिमाल अर्याल (कप्तान)
डिगमसिंह चेम्जोङ
भरत कार्की
राजु कटुवाल
डम्बर थापा
दानबहादुर थिङ
खनि नारायण पौडेल
विष्णु अधिकारी
जंगबहादुर रुचाल मगर
विपिन पौडेल
यमबहादुर श्रेष्ठ
नवीन राई
रामबहादुर तामाङ
राजु गुरुङ
प्रशिक्षक ( सुधीर चौधरी
March 17, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]